भारतीय खुफिया एजेन्सी ‘रअ’ प्रमुख सामन्त गोयल, सेनाध्यक्ष मुकुन्द नरवाणे, विदेश सचिव हर्षवद्र्धन शृंघलापति भारतीय जनता पार्टीका एक उच्च तहका नेता बालुवाटार पुगेका छन् ।
नयाँ दिल्लीबाट बिहीबार बिहान काठमाडौं आएलगत्तै बीजेपी विदेश विभाग प्रमुख विजय चौथाइवालेले प्रधानमन्त्री केपी ओली र नेकपा महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलसँग बालुवाटारमा भेटवार्ता गरेका छन् ।
भारतसँगको सम्बन्ध विस्तार गर्न प्रधानमन्त्री ओलीले बीजेपीसँग सम्बन्ध बढाइरहेका छन् । नेकपा महासचिव पौडेलको निमन्त्रणामा आफू काठमाडौं आएको चौथाइवालेले जानकारी दिएका छन् । चौथाइवालेले नेपालका प्रधानमन्त्री ओलीसँग महत्वपूर्ण भेटवार्ता भएको जानकारी दिएका छन् ।