प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको पदाधिकारी बैठक सकिएको छ ।
पार्टी कार्यलय सानेपामा भएको बैठकमा कांग्रेसले मंसिर २९ मा देशैभर ओली सरकारको विरोध प्रर्दशनमा सहभागी हुन अपील गरेको छ ।
गत शुक्रबार देउवा निवासमा बसको पदाधिकारी बैठकले मंसिर २९ गते देशव्यापी विरोध प्रदर्शनको घोषणा गरेको थियो ।
वरिष्ठ नेता रामचन्द्र पौडेललाई उनकै गृहजिल्लामा जिल्ला प्रशासनले तीन घण्टा नियन्त्रणमा लिएको थियो । सत्तारुढ दल नेकपाले पदीय दुरुपयोग गर्दै पौडेललाई रोक्ने उद्धेश्यले निषेधाज्ञा नै जारी गरेको आरोप कांग्रेसले लगाएको छ ।
कांग्रेस प्रबक्त्ता बिश्वप्रकाश शर्माले दिएको जानकारी अनुसार मोरङमा भएको शिक्षक ह/त्याको बिरोध गर्दै कडा कार्बाहीको माग समेत बैठकले गरेको छ ।
त्यस्तै कांग्रेसले व्यक्त्ति ह/त्याको बाटो छोडेर शान्तिपुर्ण मार्गमा आउन विप्लब माओवादीलाई आग्रह समेत गरेको छ ।
बैठकमा कृयशिल सदस्य एवं जनसम्पर्क समिति बारे पनि छलफल भएको प्रवक्ता शर्माले जानकारी दिए ।