नेपालको चर्चित गायिका एवं सुमधुर स्वरको धनी अन्जु पन्तको सुन्दरताको समाचारहरू बारम्बार आउने गरेको छ । नेपाली सङ्गीत क्षेत्रमा हिट गीत दिन सफल उनै पन्तको छोरी भने मिडियामा खासै देखिन्नन् ।
मनोज शिवाकोटिसँग विवाह बन्धनमा बाँधिएकी अन्जुको परितोसिका एक मात्र छोरी हुन् ।
शिवाकोटिसँग डिभोर्स भएको लामो समयपछि गायिका अन्जु पन्तले दोस्रो विवाह गरिसकेकी छिन् । उमेर सानै भए पनि परितोसिका शारीरिक बनावटमा आमा बराबर छिन् । एक अर्का कपडा समेत साटेर लगाउन थालेका भन्दै केही समय अगाडी समाचारहरू पनि प्रकाशित भएका थिए ।
अन्जु भन्दा पनि बोल्ड लुक्स उनमा आइसकेको छ । अन्जुको छोरीलाई नायिका बनाउने योजना छ । यसैले अहिले देखि नै अभिनय, नृत्य सिकाइरहेकी छिन् । उनीहरू साथी जस्तै छन् ।
आज हामीले अन्जु पन्तकी छोरीका केही तस्बिरहरू तपाईँहरूसामु शेयर गर्दैछौं ।
गायिका अन्जु पन्तकी छोरी परितोसिका पन्तले म्युजिक भिडियोमा डेब्यू गरेकी छिन्। अन्जुकै स्वर तथा सङ्गीतमा रहेको गीत ‘धेरै माया नदेऊ’ को म्युजिक भिडियोमा उनले अभिनय गरेकी हुन्। उनको साथमा कुनसाङ बोमजमको पनि अभिनय छ।
गीतको भिडियोको निर्देशन निकेश खड्काले गरेका छन्। म्युजिक भिडियोमा काम गर्नु अगाडि परितोसिकाले कलाकार भोला सापकोटासँग दुई साता अभिनयको प्रशिक्षण लिएकी थिइन्।