गत वर्ष असारमा सर्लाहीको लालबन्दी नगरपालिका–१ मा प्रतिबन्धित नेकपा विप्लव समूहका जिल्ला इञ्चार्ज कुमार पौडेल मारिए । नवलपरासीबाट सिन्धुली जाने भित्री बाटोमा प्रहरीको गोली लागेर पौडेलको मृत्यु भयोे । उनको हत्याका विषयमा प्रहरी र विप्लव समूहका आआफ्नै दाबी रहे । प्रहरीले प्रतिकार गर्न खोज्दा दाहोरो भिडन्तमा उनी मारिएको दाबी ग¥यो । नेकपा विप्लव समूहले भने प्रहरीले नियतवश ढुकेर गोली चलाएको दाबी ग¥यो । विप्लव समूहले उनको बलिदानी खेर जान नलिनेसमेत बताएको थियो ।
उक्त घटनाको व्यापक विरोध भयो । धेरैले प्रहरी र सरकारको आलोचना गरे । सडकदेखि संसदसम्म कुरा उठ्यो । छानबिन समितिसमेत बने । राष्ट्रय मानवअधिकार आयोगलेसमेत चासो देखाएर छानबिन गरेको थियो । गृहमन्त्रीले संसदमै जवाफ दिनुपरेको थियो ।
पौडेलको सर्लाहीमा भएको मृत्युबारे राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न सरकारलाई निर्देश समेत दियो । प्रधानमन्त्री कार्यालयको लिखित निर्देशनानुसार गृह मन्त्रालयमार्फत् प्रहरी प्रधान कार्यालय र प्रदेश प्रहरी हुँदै निर्देशन जिल्लसम्म उक्त जिल्लामा पुग्यो । आयोगले घटनामा प्रत्यक्ष संलग्न र कमान्डर पनि रहेका एक प्रहरी निरीक्षक र दुई हबलदारलाई तत्काल निलम्बन गरी फौजदारी अभियोगमा मुद्दा चलाउन सिफारिस गरेको थियो ।
पौडेललाई प्रहरी नियन्त्रणमा लिएर ९ गोली हानिएको निष्कर्षसहित आयोगद्वारा घटनामा संलग्न ५ सुरक्षा अधिकारीमाथि कारवाही गर्न सरकारलाई सिफारिस गरेको थियो ।
पौडेल मात्रै होइन प्रतिबन्धपछि र त्यसअघि गरी विप्लव समूहका एक दर्जन नेता कार्यकतालै ज्यान गुमाइसकेका छन् । कतिपय प्रहरी कारबाही र कतिपय स्वयं आफ्नै कमजोरीले पनि उनीहरु मारिएका हुन् । नख्खुमा भएको एनसेल बम प्रकरण र वर्षको सुरुवातमा भएका श्रृंखलावद्ध ‘आत्मघाती’ विष्फोटमासमेत सो समूहका चारजना कार्यकर्ता मारिएका थिए । जसलाई विप्लव समूहले एकीकृत जनक्रान्तिका शहीदहरु भन्ने गरेको छ ।
तर मंगलबार मोरङको पहाडी गाउँ मिक्लाजुङमा एक निहत्था शिक्षकको घाँटी रेटेर हत्या गरियो । हत्याको जिम्मेवारीसमेत विप्लव समूहले लिएको छ । आफूविरुद्ध सुराकी गरी नेतालाई पक्राएको हुनाल उनको हत्या गरेको सो समूहको दाबी छ । भलै उक्त हत्यालाइृ समे समूहले प्रतिकारका कैममा मारिएकोसमेत दाबी गरेको छ ।
उनको हत्याले आजभन्दा १९ वर्षअघि तत्कालीन माओवादीले सञ्चान गरेको सशस्त्र द्वन्द्वकाललाई सम्झाएको छ । हिंसात्मक गतिविधिमा संलग्न रहेको भन्दै सरकारले २८ फागुन ०७५ देखि विप्लव माओवादीलाई प्रतिबन्ध लगाएको छ । यसअघि विभिन्न ठाउँमा बम विस्फोटलगायत घटना गरेको भए पनि विप्लव माओवादीले व्यक्ति हत्या पहिलोपटक गरेको हो ।
मिक्लाजुङको घटनाले अब उसको निशानामा सर्वसाधारण नागरिकहरुसमेत पर्न थालेको संकेत दिएको सुरक्षा निकायको विश्लेषण छ । हालसम्म व्यक्ति हत्या गर्ने तहसम्म समूह पुगेको थिएन । भोजपुरको टेम्के मयुम गाउँपालिका–२, दलसिंगेमा २५ असार ०७६ मा प्रहरी जवान सञ्जिव राई विप्लव समूहसँगको जम्काभेटमा मारिएका थिए ।
हत्याको चरणमा पुग्नु र जिम्मेवारी लिनु भनेको राज्यको कानुन मान्दैनौं, संविधान मान्दैनौं भन्नु हो । मंगलबारको घटनाबाट विप्लव समूहले आफूहरु सैन्य गतिविधितिर लागेको संकेत दिएको सरकारी बुझाइ छ ।
अब सरकारले पनि सो समूहविरुद्ध कडा निगरनी गनेृ देखिएको छ । मोरङ घटनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि देशमा हत्या, हिंसाको विकराल कालखण्ड ब्युताउने कोशिश भएको भन्दै सचेत हुन आग्रह गरेका छन् ।
सुरक्षा निकाले बेलाबेला विप्ल्व समूह सुरक्षा चुनौतीका रुपमा रहेको औल्याउँदै आएका छन् । गृहमन्त्री रामबहादुर थापाले पनि सो समूहविरुद्ध कडा रुपमा प्रस्तुत हुन यसअघि नै प्रहरीलाई निर्देशन दिएका थिए ।
शिक्षक श्रेष्ठको अपहरणपछि हत्या मिक्लाजुङ गाउँपालिका १ मा प्रहरीले ‘सर्च अपरेसन’ चलाएको छ । घटना भएको क्षेत्रमा मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काको नेतृत्वमा मोरङको विशेष टोलीले ‘सर्च अपरेसन’ गरिरहको छ ।
घटना भएको क्षेत्र धनकुटा, इलाम, पाँचथर र मोरङ जिल्लाको सिमानामा पर्ने भएकाले ती चारै जिल्लाका प्रहरीलाई ‘अपरेसन’ चलाउन निर्देशन दिइएको छ । उनले हत्यामा संलग्न समूहको खोजी तीव्र भइरहेकाले परिणाममुखी नतिजाको पर्खाइमा प्रहरी रहेको प्रहरीको भनाइ छ । अब प्रहरीको सर्च अपरेसनमा कुनै विप्लव कार्यकर्ता भेटिइहाले भने उनीहरु अब कुमार पौडेलजस्तै दोहोरो भिडन्तमा मारिन सक्छन् । के देश अब फेरि हिंसातर्फ धकेलिन थालेको हो ? जिम्मेवार बनौं । कुनै पनि नेपालीले फेरि कुनै बहानामा पनि ज्यान गुमाउन नपरोस् ।