सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कोरोना भाइरस संक्रमण नियन्त्रण गर्नको लागि सरकारले छिट्टै कोरोना खोप उपलव्ध गराउन लागिरपरेको बताएका छन् ।
सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले कोरोना खोपको उपभोग नेपाली जनताले पनि छिट्टै पाउने गरी आवश्यक व्यवस्था मिलाउन सरकार लागिपरेको बताएका हुन् ।
७२औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित ‘भर्चुअल’ कार्यक्रममा बोल्दै मन्त्री गुरुङले उक्त कुरा बताएपनि धनीले ५ पटक भ्याक्सिन लगाउँदा गरिब देशका १० मध्ये १ जनाले पाउने अवस्था सिर्जना हुने देखिएको छ ।
क्लिनिकल परीक्षणमा रहेका भ्याक्सिनहरुले अन्ततः प्रयोगको स्विकृती पाउने पूर्वानूमान गर्दै धनी देशहरुले आगामी वर्षको अन्त्यसम्म आफ्ना जनतालाई तीन पटकसम्म लगाउन मिल्नेगरी भ्याक्सिन भण्डारण गरिरहेका छन् ।
सरकारले मानव अधिकारको सुनिश्चित हुने गरी सूचना प्रविधिको विकासमा जोड दिएको उल्लेख गर्दै मन्त्री गुरुङले त्यसमा साथ दिन मानव अधिकारकर्मीहरुलाई आग्रह समेत गरे।