गायक तथा टिभी होस्ट आदित्यनारायण बिहेको बन्धनमा बाँधिएका छन्। करिब १० वर्ष लामो प्रेम सम्बन्धलाई आदित्य र स्वेता अग्रवालले १ डिसेम्बरका दिन बिहेमा परिणत गरेका हुन्। यसपछि सामाजिक सञ्जालहरूमा आदित्य र स्वेताका कैयौं फोटोहरू भाइरल भए। तीमध्ये एउटा फोटो यस्तो छ, जसमा आदित्य आफ्नी पत्नी स्वेतालाई किस गरिरहेका छन्।
https://www.instagram.com/p/CIUwY64Ds4V/?utm_source=ig_embed
आदित्य आफैले उक्त फोटोलाई इन्स्टाग्राममा सेयर गरेका हुन्। फोटोको क्याप्सनमा आदित्य लेख्छन्, “म तिमीलाई खोज्ने छु र म तिमीसँग बिहे गर्ने छु।” फोटोमा स्वेतालाई लजाउँदै मुस्कुराइरहेको देख्न सकिन्छ।
रमाइलो कुरा त के छ भने यो फोटोमा गायिका नेहा कक्करले प्रतिक्रिया जनाएकी छन्। नेहा लेख्छिन्, “निकै सुन्दर! बधाइ।”