साताको चौथो दिन नेपाली बजारमा सुनको मुल्य घटेको छ ।
हिजो मंगलबार तोलामा १ हजार ५ सय ले वृद्धि भएको सुनको मुल्य आज फेरी ओरालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मुल्य तोलाको ९३ हजार ४ सय र तेजावी सुनको मुल्य ९२ हजार ९५० मा कारोबार भैरहेको छ । यो मुल्य अघिल्लो दिन ३ सय रुपैंयाले बढी थियो ।
सुनको मुल्य घट्दा चाँदीको मुल्य पनि केही मात्रामा घटेको छ । महासङ्घका अनुसार चाँदीको मुल्य अघिल्लो दिनको तुलनामा तोलामा २० रुपैंया घटेर १२ सय १५ मा कारवबार भैरहेको छ ।