नेपालमा वितेको २४ घन्टामा ६ हजार २२० जनाको नमूना परिक्षण गर्दा १ हजार १४ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार आज भेटिएका संक्रमितमध्ये पुरुषको संख्या ६४४ र महिलाको संख्या ३७० रहेको छ ।
योसहित नेपालमा कूल संक्रमितको संख्या २ लाख ४१ हजार ९९५ पुगेको छ, जसमध्ये २ लाख २७ हजार ४३३ जना कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घन्टामा १ हजार ६२८ जना कोरोनामुक्त भएका हुन् । तथ्यांकलाई विश्लेषण गर्नेहो भने कूल संक्रमितमध्ये ९४ प्रतिशत निको भएका छन् ।
आज थप २० जनाको निधन भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५२७ पुगेको छ ।
अहिले सक्रिय संक्रमितको संख्या १२ हजार ९४८ मा झरेको छ । मन्त्रालयले अहिलेसम्म १७ लाख ९० हजार ७३९ जनाको परिक्षण गरिएको बताएको छ ।