प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी समिति बैठकमा आफू उपस्थित नभएपनि आफ्नो तर्फबाट एक पत्र पठाएर आफ्नो कुरा राखेका छन्।
पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकमा सचिवालय सचिव ईश्वर पोखरेलले ओलीको पत्र बाचन गरेर सुनाएका थिए ।
आजको बैठकपछि संचारकर्मीहरुसँग कुरा प्रवक्ता श्रेष्ठले बैठकमा अध्यक्षद्धयको विवादित प्रतिवेदनमाथिको छलफल मुख्य एजेण्डा रहेको बताए ।
आजको बैठकमा अध्यक्ष ओली उपस्थित थिएनन्। तर, उनले आफू निकट नेता ईश्वर पोखरेल मार्फत पत्र पठाएका हुन।
पत्रमा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावमाथि छलफल गर्न नसकिने दोहोर्याएका छन्।
ओली अनुपस्थितीमा कार्यकारी अध्यक्ष दाहालको अध्यक्षतामा बैठक बसेको थियो । अब अर्को बैठक मंसिर २८ गते बस्नेछ भने मंसिर २५ गतेका लागि पूर्वनिर्धारित केन्द्रिय समितिको बैठक पुष ५ गतेका लागि सारिएको छ ।