२०७७ साल मार्गशीर्षकृष्णपक्ष मंसिर २१ गते आइतवार षष्ठी तिथि श्लेषा नक्षत्र चन्द्रमा सिंह राशिमा ।
मेष राशि : दाजुभाइ सँगको सम्वन्ध राम्रो हुनुका साथै पराक्रम बढेर जानेछ । थोरै प्रयासमा पनि राम्रो सफलता हातपार्न सकिने छ तथा गरेको काममा आत्मसन्तुष्टि मिल्ने देखिन्छ ।
वृष राशि : बोलीको प्रभाव राम्रो हुनुका साथै कुटुम्वसँगको सम्वन्ध सुमधुर भएर जानेछ । फसेको धन आउनुका साथै अचल सम्पति प्राप्त गर्न सक्ने समय छ । मान सम्मानमा वृद्धि हुने देखिन्छ ।
मिथुन राशि : व्यक्तिवको प्रभाव राम्रो भएर जानुका साथै तपाइसँग रिसाएर बसेका मानिसहरु तपाई प्रति प्रभावित पर्ने छन् । स्वास्थ्यमा कुनै समस्या थियो भने सुधार भएर जानेछ । घर परिवारमा मांगलिक कार्य हुनेछ ।
कर्कट राशि : शत्रु वा अल्छिको कारण काममा आएको समस्या हटेर जानुका साथै विदेश सँग सम्वन्धित काम सम्पन्न हुनेछ । यात्रा गर्ने अवसर प्राप्तहुन सक्छ । धन आगमनको नयाँ स्रोत भेटिन सक्छ ।
सिंह राशि : आर्थिक लाभको साथै जग्गा जमीन वा अचल सम्पतिवाट लाभ प्राप्तगर्न सक्नुहुनेछ । घरमा भने सामान्य कलहको वातावरण बन्नसक्नेछ । रोजगारमा प्रशंसा प्राप्त हुनेछ ।
कन्या राशि : मनमा नैरास्यता छाउनुका साथै गरेको काममा बाधा अर्डचन देखापर्न सक्नेछ । घरमा कुनै आर्थिक समस्या थियो भने सुधार भएर जानेछ । आर्थिक हानीको समय छ विचार पुराउनुहोला ।
तुला राशि : अचानक कुनै नराम्रो खबरले गर्दा तपाइको मन अशान्त हुनेछ । पिताजीको स्वास्थ्यमा भएको समस्या कम भएर जानेछ । दिनको अन्त्यतिर भने आर्थिक लाभको समय छ ।
वृश्चिक राशि : दाम्पत्य जीवन राम्रो हुनुका साथै प्रेमीका सँग भएको कुनै संका कम भएर जानेछ तथा सम्वन्ध राम्रो हुनेछ । चौपाया तथा घर परिवारको सुख सुविधा प्राप्त गर्न सक्नुहुनेछ ।
धनु राशि : चोटपटकको सम्भावना छ सम्यमता अपनाउनु होला । शत्रुको कारण काममा बाधा अड्चन आउनेछ । साथीभाइ सँगको सम्वन्धमा कुनै कुराले गर्दा झगडा पर्न सक्नेछ ।
मकर राशि : समय खराव छ । शत्रुका कारण समस्या देखापर्न सक्नेछन् । स्वास्थ्यमा समस्या हुनुका साथै दाम्पत्य जीवनमा कलहको वातावरण बन्न सक्नेछ ।
कुम्भ राशि : सन्तान सुखका साथै घर परिवारमा मांगलिक कार्यको समय देखिन्छ । आर्थिक समस्याले भने सताउन सक्नेछ । सापटी दिएको धन फिर्ता नआउनाले ऋण बढ्ने देखिन्छ ।
मीन राशि : चौपाया तथा वाहनबाट दुःख पाउन सकिन्छ । माताको स्वास्थ्यमा समस्या देखापर्नुका साथै घर परिवारमा कलहको वातावरण बन्नसक्नेछ ।