कंगना रनावत बलिउडकी क्वीनको रुपमा परिचित छिन् । हरेक विषयमा लिएर तिखो टिप्पणी गर्ने कारणले उनलाई बलिउका केही सेलिबेट्रीहरुले मन पाराउँदैन्न । अनावश्यक विवादमा आउन रुचाउने कंगना फेरि एकपटक विवादमा आएकी छिन् । बलिउड अभिनेता दलजीत दोसांझसँग ट्वीटरमा बहस गरेर चर्चामा आएकी छिन् । किसान आन्दोलनसँग जोडिएको बीबीसीको एउटा भिडियोमा बलिउड अभिनेता दलजीत दोसांझ र अभिनेत्री कंगना रनौतबीच तिखो बहस भएको हो ।
यो भिडियो एक वृद्धा किसान महिन्दर कौरसँग जोडिएको छ । उनको तस्बिर र भिडियो सोसल मिडियामा भाइरल भएको थियो । यी तस्बिर र भिडियोमा ८८ वर्षकी महिन्दर झुकेको कम्मर हुँदा हुँदै पनि पंजाबका किसानसँग मिलेर केन्द्र सरकारको कृषि कानूनविरुद्ध आन्दोलनमा सरिक भएकी थिइन् ।
महिन्दर कौरको यो तस्बिर पछि सोसल मिडियामा उनको तुलना शाहिन बाग प्रदर्शनको अगुवाई गर्ने ‘बिलकिस दादी’ सँग पनि गर्न थालेका थिए । यद्यपि, सोसल मिडियामा केही मानिसहरुले महिन्दर कौर नै ‘बिलकिस दादी’ भएको दाबी गर्न थाले ।
यी दुईको विवादमा गायक मिका सिंहले पनि प्रतिक्रिया दिएका छन् ।
उनले कंगनालाई माफी माग्नसमेत भनेका छन् ।
मिका सिंहले आफ्नो ट्वीटर अकाउन्टमा लेखेका छन्, ‘म कंगनालाई असाध्यै सम्मान गर्दथेँ । उनको अफिस भत्काइँदा उनको समर्थनमा मैले ट्वीट पनि गरेको थिएा । तर अहिले लाग्छ कि म गलत थिएँ । कंगना एक महिला भएकोले ती वृद्धामाथि केही सम्मान देखाउनु पर्छ । यदि तिमीमा केही शिष्टाचार बाँकी छ भने माफी माग । तिमीलाई लाज लाग्नुपर्ने हो । ’