फ्यानको रोजाइमा परेका नायिका सुरविना कार्कीका २० तस्बिरहरू

नायिका सुरविना कार्की आजभोलि फिल्म क्षेत्रमा भन्दा बढी सामाजिक सञ्जालमा सक्रिय छिन् । फिल्मका अलावा सुरविना सामाजिक सञ्जालमा अपलोड गर्ने बोल्ड तस्वीरका कारण पनि चर्चामा रहन्छिन् । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा आफूलाई प्रायः बोल्ड अवतारमा पस्केकी हुन्छिन् ।
नायिका सुरविना कार्की अहिले मुम्बइमा छिन् । मुम्बइमा रहेर संघर्षरत यी सुन्दरीले नेपाली चलचित्रमा काम नगरेको पनि लामै समय भैसकेको छ । उनले, चलचित्र ‘लप्पन छप्पन २’ साइन गरेकी थिइन् । चलचित्रको छायांकनका लागि उनी यूरोप पनि पुगिन् । तर, यसको निर्माणपक्षले यूरोपमा चलचित्र खिच्न सकेन । यसपछि, भने सुरविनाले चलचित्रबाट हात …