२०७७ साल मार्गशीर्षकृष्णपक्ष मंसिर १९ गते शुक्रवार चतुर्थी तिथि पुनर्वसु नक्षत्र चन्द्रमा कर्कट राशिमा ।
मेष राशि : घर परिवारमा कलहको वातावरणले वा आमाको स्वास्थ्यमा समस्या हुने कारणले गर्दा आर्थिक हानीको साथै मनमा अशान्ति छाउने छ । यात्राको अवसर भने मिल्नसक्नेछ । व्यवसाय मध्यम हुनेछ ।
वृष राशि : आर्थिक पक्षराम्रो छ । फसेको धन वा कसैले सापटी लगेको धन फिर्ता आउने छ । दाजुभाइ दिदीबहिनीसँगको सम्वन्ध राम्रो भएर जानेछ । पराक्रम बढ्नुका साथै ठुला व्यक्तिले प्रशंसा गर्ने छन् ।
मिथुन राशि : बोल्दा विचार गर्नुहोला अन्यथा बोलिबचनको कारण झगडाको सामना हुन सक्छ । दाँत वा घाँटीको स्वास्थ्य समस्या पनि देखापर्न सक्नेछ । आउँदै गरेको धन रोकिन सक्छ । मन असन्तोष पैदा हुनेछ ।
कर्कट राशि : व्यत्तित्वको प्रभाव राम्रो हुनुका साथै अरुको मन सजिलै जित्न सकिनेछ । पराक्रम वढेर जानेछ । काममा प्रशंसा प्राप्त हुनुका साथै पुरुस्कारहरु पाउन सक्नुहुनेछ । मन सम्मानमा वृद्धिहुनेछ ।
सिंह राशि : समय राम्रो छैन अर्थिक हानी वा बहुमुल्य सामान हराउन सक्छ । गरेको काममा बाधा अड्चन देखा पर्न सक्नेछ । सामान्य स्वाथ्यमा पनि समस्या देखापर्न सक्छ ।
कन्या राशि : देश विदेश वाट लाभ लिन सक्ने समय छ दाजु वा दिदीको सहयोगले महत्वपूर्ण काम वन्नेछ । आर्थिक लाभसाथै काममा हौसला मिल्नेछ । सहयोग गर्ने हरु भेट्न सक्नुहुनेछ ।
तुला राशि : गरेको काममा सफलता हात पर्ने छ । सहयोगर्ने व्यक्तिको कारण कामहरु सफल भएर जानेछन् । थोरै मेहनतमा पनि ठुलो सफलता हातपर्ने छ । दिन राम्रो छ मन खुशि हुनेछ ।
वृश्चिक राशि : भाग्यमानी बन्नुहुनेछ । रोकिएको काम सम्पन्न भएर जानुका साथै नयाँ पाटनरहरु काममा आउने छन् । व्यापार व्यवसाय वाट राम्रो लाभ हात पर्नेछ । नयाँ काममा हातहाल्ने विचारमा हुनुहुन्छ भने समय राम्रो छ ।
धनु राशि : गुप्तविद्या प्राप्तहुनेछ । चोटपटकको सम्भावना छ होसियारका साथ काम अगाडी बढाउनुहोला । शत्रुको कारण काममा बाधा अड्चन आउनेछ । साथीभाइ सँगको सम्वन्धमा कुनै कुराले गर्दा झै झगडा पर्न सक्नेछ ।
मकर राशि : व्यापार व्यवसाय राम्रो हुनुका साथै आर्थिक लाभ सोचेभन्दा राम्रो हुने छ । दाम्पत्य जीवनमा भएको समस्या हटेर जनेछ । तथा दाम्पत्य जीवनको राम्रो सुखभोग गर्न पाउनु हुनेछ ।
कुम्भ राशि : शत्रु वृद्धि हुनुका साथै काममा बाधा पार्नेछन् त्यसैले कुनै काम गर्नुपूर्व सावधानी अपनाउनु नै उचित होला । लगानी गर्नुपूर्व धेरै सोचविचार गर्नु होला अन्यथा डुव्न सक्छ ।
मीन राशि : दम्पतीको लागि सन्तान सुख पाउने योग छ भने विद्यार्थीको लागि अध्यन क्षेत्र राम्रो भएर जानेछ । बौद्धिक क्षमता बढेर जानेछ । प्रेममा पनि राम्रो भएर जानेछ ।