अभिनेत्री नम्रता श्रेष्ठ र गायक प्रकाश सपुतको भिडियोले राम्रो भ्यूज पाइरहेको छ । टिकटकदेखि सामाजिक सञ्जालसम्म उनीहरुका भिडियो क्लिपले नै भरिएका छन् । सार्वजनिक भएको ३ दिनमै लोकदोहोरी गीत ‘फुटेका चुरा’को म्यूजिक भिडियो युट्युब ट्रेन्डिङको नं २ मा पुगेको थियो ।
मंसिर १५ गते सोमबार साँझ सार्वजनिक उक्त गीतको ‘भ्यूज’ यो समाचार तयार पार्दासम्म ६४ लाखको हाराहारीमा पुगेको छ । गायक प्रकाश सपुत र गायिका अनिता चलाउनेको स्वर रहेको गीतको म्यूजिक भिडियोमा गायक सपुतसँगै कलाकार नम्रता श्रेष्ठ, कविता नेपाली, गायिका चलाउने र नीरज पन्थीको अभिनय छ ।
गीतमा गायक सपुतकै शब्द र सङ्गीत छ । भिडियोको निर्देशन पनि सपुत आफैँले गरेका हुन् । “गीतको परिकल्पनादेखि दृश्य निर्माणमा केही नयाँपन दिन खोजिएको छ”, गायक सपुतले भने, “राम्रो प्रतिक्रिया आइरहेको छ, दर्शक/श्रोताले रुचाइदिनुभएको छ, हामी उत्साहित छौँ ।” गायक सपुतले गायिका चलाउनेसँग पहिलोपटक सहकार्य गरेका हुन् ।
बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा जन्मेका गायक सपुतको गत तीजमा सार्वजनिक गीत ‘बदला बरीलै’ पनि युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा उक्लेको थियो । त्यसअघि उनका ‘बोल माया’, ‘गलबन्दी’लगायतका गीत पनि सर्वाधिक सफल रहे । गत वर्ष सार्वजनिक लोकदोहोरी गीत ‘गलबन्दी’ युट्युबमा अहिलेसम्म चार करोडभन्दा बढी पटक हेरिएको छ ।
[wpna_related_articles title=”Related Articles ” ids=”48205,40337″]
[wpna hide=’wp’] श्वेताले बनाएको माझि बस्तिका बासिन्दा भन्छन् : तिमिले हाम्रो थाप्लोमा ऋणको भारी बोकायौं
[/wpna]