छोटोछोटो समयमा छिटोछिटो प्रेमसम्बन्ध भत्किरहने वर्तमान समयमा अजय देवगन र काजोलको प्रेमपूर्ण यात्राले यस वर्ष दुई दशक टेक्दैछ।
त्यसैले उनीहरूलाई बलिउडको आदर्श जोडीका रूपमा लिइन्छ। उनीहरूबिचको प्रेम पहिलो नजरको प्रेम थिएन।
पहिलो पटक भेट्दा उनीहरूको मन अन्त कतै जोडिएको थियो। समयले उनीहरूको प्रेम छुटायो र उनीहरू नजिक बने।
उनीहरूहरू बिच पहिले भेट सन् १९९५ मा ‘हलचल’ सिनेमाको सेटमा भएको थियो। त्यो भेट खासै फलदायी भएन। उनीहरूले साथमा काम गरे। त्यतिबेला उनीहरूबिच एकअर्कालाई जोड्ने तार दुबैले भेटेनन्।
दुबैको स्वभाव फरक-फरक थियो। दुबैको स्वभाव हेर्दा कुनै दिन यी दुबै प्रेममा हुनेछन् र बिबाह पनि गर्नेछन् भनेर कसैले सोचेका थिएनन्। अरूको त कुरै छोडौं स्वयं अजय र काजोलले पनि सोचेका थिएनन्।
कारण काजोल ‘हा हो गर्ने, घमण्डी र एकदमै बोलीरहने व्यक्ति’ थिइन्। काजोलको यो बानीले अजयलाई काजोल फेरी भेटनुपर्ने मान्छे जस्तो लागेन। अजयका बारेमा काजोलको सोचाइ पनि करिबकरिब त्यस्तै थियो।
काजोलको नजरमा अजय ‘अर्कै र गवाँर’ किसिमका थिए। अजयमा उनले कुनै त्यस्तो आकर्षण भेटिनन्। पछि उनीहरुले बिहे गरे र राम्रो सम्बन्धका साथमा जिन्दगी काटिरहेका छन् । द कपिल शर्मा शोमा आएका उनीहरुले आफ्नो बारेमा खुलेर नै कुरा गरेका थिए । मेरो सट्टामा काजोल नै बोलिदिन्छिन् भनेर अजयले गरेको ठट्टालाई काजोलले हासेर उडाइदिएकी थिइन् ।