बागमती प्रदेशको राजधानी हेटौंडामा राजावादीहरुले बृहत मोटरसाइकल र्याली गरेका छन् ।
हेटौंडाको हुप्राचौरबाट सुरु गरिएको र्यालीले नगरका विभिन्न भागको परिक्रममा गरेको थियो ।
र्याली सहभागीहरुले २०४७ सालको संविधान पुनः स्थापना हाम्रो अभियान, राजा आउ देश बचाउ लगायतका नारा लगाएका थिए ।
र्यालीसंगै महिला एवं वृद्धवृद्धाहरुले नेपालको झण्डा बोक्दै पैदल यात्रा पनि गरेका थिए ।
सरकार र राजनीतिक दलका गतिविधिप्रतिको वितृष्णाका कारण पनि जनसहभागिता सोचेभन्दा बढी भएको बताइएको छ । ‘दलहरूले गरेको गैरजिम्मेवार क्रियाकलाप र भ्रष्टाचारप्रतिको असन्तुष्टि हो यो। त्यही भएर अरू पार्टीका समर्थक पनि र्यालीमा आए,’ र्यालीमा सहभागी एकले भने, ‘भ्रष्टाचार अनियन्त्रित भयो, देशमा सयौँ राजाभन्दा एउटा राजा ठीक छ भन्ने मनस्थितिमा जनता पुग्न थालेका छन्।’
यसअगाडी पोखरा र कैलाली लगायत देशका अन्य स्थानमा पनि पूर्वराजाको समर्थकमा र्याली भएका छन् ।