कतार सरकारले नेपाल सरकारलाई ३ वटा मर्सिडिज बेन्ज कार उपहारमा दिने भएको छ ।
कतार सरकारले ३ वटा उच्च सुविधायुक्त मर्सिडिज बेन्ज इ –१८० सिरिजका ३ वटा कार दिने भएको हो ।
हालै बसेको मन्त्रिपरिषदको बैठकले ति कारहरु सरकारी प्रयोजनका लागि प्रयोगका लागि स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए ।
कतारले यसअघि पनि ६ वटा मर्सिडिज कार नेपाललाई उपहार दिएको थियो ।