चर्चित बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजले केही दिनअगाडी सामाजिक सञ्जालमा एक टप-लेस तस्विर शेयर गरेकी छिन् । उक्त तस्विरका कारण उनको चर्चा एकाएक चुलिएको छ । प्रशंसकहरू ज्याकलिनको यस फोटोमा विभिन्न खालका प्रतिक्रियाहरु दिएका छन् ।
सबैले उनको सुन्दरताको प्रशंसा गरिरहेका छन् । ज्याकलिनले ‘धेरै टाढा’ क्याप्सन लेखेर फोटो सेयर गरेकी छिन् । उर्वशी रौतेलालगायत कलाकारले यस फोटोमा कमेन्ट पनि गरिरहेका छन् । उर्वशीले आश्चर्यजनक तस्विर भनेकी छिन् ।
बलिउडकी सुन्दर अभिनेत्री ज्याकलिन फर्नान्डिज ३५ वर्षकी भइन् । फर्नान्डिज अभिनेत्री तथा मोडल हुन् । उनले २००६ को मिस युनिभर्स श्रीलंका पीजेन्टको ताज समेत जितेकी छिन् । ज्याकलिन फर्नान्डिजको जन्म ११ अगस्त १९८५ श्रीलंकामा भएको हो ।
उनी मल्टी एथनीक परिवारकी हुन् । उनका पिता श्रीलंकाका र आमा मलेशियाकी हुन् ।
ज्याकलीनले बहरीनमा पढेकी हुन् । उनले अष्ट्रेलियामा सिड्नी विश्वविद्यालयमा आमसञ्चार विषयमा स्नातक गरेकी छिन् । उनले टेलिभिजन रिपोर्टरको समेत काम गरेकी छिन् ।
ज्याकलिनलाई विभिन्न भाषाको ज्ञान छ । उनले स्पेनिश, फ्रेन्च र अरेबिक भाषा राम्रोसँग बोल्न र लेख्न सक्छिन् ।
ज्याकलीनलाई विभिन्न प्रकारका खाना बनाउन जान्दछिन् ।
ज्याकलिनका पहिलो प्रेमी बहरिनका राजकुमार बिन राशिद अल खलिफा थिए । ज्याकलिनसँग ब्रेकअपपछि राजकुमारले एक गीत एल्बम रिलिज गरेका छन् जसको नाम ‘जैकी’ राखेका थिए ।
ज्यानलिन र सलमान निकै नजिकका साथी हुन् । सलमानले ज्याकलीनलाई बान्द्राको ३ बीएचके अपार्टमेन्टमा बस्न आग्रह गरेका थिए तर उनले अस्वीकार गरिदिइन् ।