प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का अभिव्यक्तिले द्वन्द्वाकालीन समस्यमा गाँठो पर्ने भन्दै जथाभावी नबोल्न सचेत गराएका छन् ।
शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा नेकपामा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले ३८ पृष्ठ लामो लिखित जवाफ दिँदै भनेका छन्- ‘तपाईंले भनेको ‘पाँच हजार मान्छेको हत्याको जिम्मा म लिन्छु’ को अर्थ के हो ? तपाईंका यस्ता अभिव्यक्तिले समस्यामा झन गाँठो पर्न सक्छ भन्ने ख्याल गर्नुहोस् । खेलबाड गर्ने गल्ती नगर्नुस् ।’
गत कात्तिक २८ गते बसेको सचिवालय बैठकमा प्रचण्डको ‘प्रस्ताव’को प्रस्तुति-तरिका, भाषाशैली र अन्तरवस्तुले पार्टीमा गम्भीर संकट निम्त्याएको प्रधानमन्त्री सचिवालयले जनाएको छ । ‘पार्टी विधानअनुसार बैठकमा प्रस्तुत गरिने प्रस्तावको कुनै वैधानिक या राजनीतिक हैसियत नराख्ने भएकाले खासै महत्व नदिँदा पनि हुने थियो ‘ प्रधानमन्त्री ओलीको जवाफमा छ ।
हेर्नुहोस जवाफको पूर्णपाठ