बर्दिया जिल्लास्थित सशस्त्र प्रहरी बल ३१ नम्बर टोलीले हराएको सिमानाको पिलर फेला पारेका छन् । नेपाल भारत सीमामा रहेका पिलरहरु विगतदेखि नै हराउँदै आइरहेका छन् । वर्खायाममा कति पिलरहरुलाई बाढीले बगाउने गरेको छ भने केही पिलरहरु भारतीय एसएसवीले टोलीले गायव गराउने गरेका छन् ।
मेची देखि महाकालीसम्म नेपालका धेरै पिलरहरु यसरी हराउन थालेको दशकौं भएतापनि सरकारी तवरबाट यथेष्ठ ध्यान पुगिरहेको छैन । ठूलो माछाले सानो माछा खान्छ भनेजस्तै छिमेकी मुलुक भारतले नेपालका सिमाहरुमा लामो समयदेखि थिचोमिचो गर्दै आइरहेको छ ।
यसरी हराएका वा गायव पारिएका पिलरहरु विरलै मात्रामा भेटिन्छन् । अहिले बर्दिइमा सशस्त्र प्रहरीले फेला पारेको पिलर देखाउँदै सशस्त्र प्रहरी उपरीक्षक नरबहादुर रावत ।