चितवनमा एकैदिन थप दुई जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ ।
भरतपुर अस्पतालमा उपचाररत भरतपुर महनगारपालिका वडा नं. १७ का ५७ वर्षीय पुरुषको शुक्रबार विहान ५:१५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए ।
निमोनियाको समस्या भएपछि उनको मंसिर ३ गते पीसीआर परीक्षण गरिएको थियो । अर्को दिन कोरोना संक्रमण पुष्टि भएपछि उनलाई मंसिर ५ गते अस्पताल भर्ना गरिएको थियो । अवस्था जटिल बन्दै गएपछि उहालाई कोभिड आइसीयूमा राखेर उपचार थालिएको थियो ।
यस्तै सोही अस्पतालमा उपचाररत मकवानपुरको हेटौंडा उपमहागरपालिका वडा नं. १० की ५७ वर्षीया कोरोना संक्रमित महिलाको पनि मृत्यु भएको छ । बिहीबार मात्रै कोरोना संक्रमण सहित अस्पताल भर्ना भएका ती महिलाको शुक्रबार बिहान ६ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी पौडेलले बताए ।