बलिउड क्वीन कंगना रनावत आफ्नो बोल्ड अभिब्यक्त्तिको लागि चर्चित छिन् । हरेक कुरालाई खण्डन गर्ने उनको बानीले बलिउडकर्मी आजित भएका छन् भने फ्यानहरु खुशी हुने गरेका छन् । बलिउडकर्मीहरुसँग पंगा लिन पल्किएकी कंगनाको भनाईबाट कोही अछुतो रहन भने सकेका छनन् । उनले आमिर खानदेखि अमिताभ बच्चनसम्मलाई गाली गर्न भ्याइसकेकी छिन् ।
शुक्रबार बिहानै उनले आफ्नो इन्ट्राग्राममा एउटा फोटो पोष्ट गरिन् । जहाँ उनी सञ्जय दत्तसँग हर्षित अनुहारमा देखिएकी थिइन् । उनले सञ्जय र आफू संयोगवश एउटै होटलमा रहेको उल्लेख गरेकी छिन् । उनले लेखेको छिन्, “सञ्जय सर र म हैदरावादको एउटै होटलमा रहेको कुरा थाहा पाउने बित्तिकै म उहाँलाई भेट्न गए । बिरामी सरलाई भेट्न गएको म,उहाँलाई स्वस्थ्य तन्दुरुस्त र झन् राम्रो देखेर अचम्मित बने । हामी तपाईको लामो आयुको कामना गर्छौं सर “