आज ठूलो एकादशी । तुलसी बिबाह पनि भन्ने गरिन्छ ।आजको दिन अन्न खान नहुने मान्यता रहेको छ । आज विशेषत फलाहार अर्थात सखरखण्डा, पिडालु बदाम जस्ता कन्दमुल खाने गरिएको छ ।यसले स्वास्थ्यलाई निकै फाईदा पुग्छ ।हामी जे भेट्यो त्यही खाइहाल्ने बानी भएका मान्छे हौं । स्वास्थ्यको ख्याल नगरिकन खानेकुरा बजाइदिन हामी च्याम्पियन छौं । जे पायो त्यही खाएर हामी शरीरमा विषाक्त तत्व जम्मा गरिरहेका हुन्छौं ।
शरीरको विषाक्त तत्व हटाउने अनेकथरी औषधी बजारमा भेटिन्छन् । तिनका पछि नलाग्नुस् । बरू सखरखण्डको झोल पिउन थाल्नुस् ।सखरखण्ड खानुभयो भने तपाईंलाई अनावश्यक भोक लाग्दैन ।जापानका अनुसन्धानकर्ताहरूले पानीमा सखरखण्ड उमालेर खाँदा स्वास्थ्यलाई फाइदा पुग्ने बताएका छन् । अझ त्यो पानी नै पिउँदा पनि राम्रो हुन्छ ।
सखरखण्डमा हुने प्रोटीन पानीमा लामो समयसम्म बस्ने हुनाले सखरखण्ड उमालेको पानी पिउनु लाभदायक हुन्छ ।तौल घटाउनु छ भने सखरखण्ड नियमित रूपमा खानु उपयुक्त हुन्छ । अनि सखरखण्ड उमालेको पानी पनि नियमित खाने सल्लाह दिइन्छ