साताको पाँचौ दिन अर्थात आज बिहीबार नेपाली बजारमा सुनको मुल्य स्थिर रहेको छ ।
बुधबार ९१ हजार ५ सयमा कारोबार भएको सुनको मुल्य आज पनि सोही मुल्यमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज छापावाल सुन ९१ हजार ५ सय र तेजावी सुन ९१ हजारमा कारोबार भैरहेको थियो ।
सुनको मुल्य स्थिर भएसँगै चाँदीको मुल्य पनि स्थिर रहेको छ । हिजो पनि चाँदीको मुल्य ११ सय ७५ थियो । आज पनि सोही मुल्यमा कारोबार भैरहेको महासङ्घले जनाएको छ ।
तिहार सकिएपछि मंसिर ३ गते सुनको मुल्य निर्धारण हुँदा ९५ हजार १ सय थियो । त्यसपछिका दिनहरुमा सुनको मुल्य निरन्तर रुपमा घटिरहेको छ ।