सोमबारको तुलनामा मंगलबार तोलामा १ हजार ८ सय घटेको सुनको मुल्य बुधबार (आज) पनि घटेको छ ।
तिहारपछि पहिलोपटक बजार खुल्दा तोलामा ९५ हजार १ सय मा कारोबार भएको सुनको मुल्य निरन्तर घट्ने क्रममा रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बजारमा छापावाल सुन तोलाको ९१ हजार ५ सय तेजावी सुन तोलाको ९१ हजार मा कारोबार भैरहेको छ ।
मंगलबार छापावाल सुन ९२ हजार ५ सय र तेजावी सुन ९२ हजारमा कारोबार भएको थियो भने सोमबार ९४ हजार ३ सय र तेजावी सुन ९३ हजार ८ सय मा कारोबार भएको थियो ।
सुनको मुल्य निरन्तर घट्दा चाँदीको मुल्यमा पनि सामान्य गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा चाँदीको मुल्य तोलामा ५ रुपैंया घटेर ११ सय ७५ मा कारोबार भैरहेको महासङ्घले जनाएको छ ।
मंसिर महिनामा बिवाहको धेरै लगन हुने भएको हुँदा सुनको कारोबार पनि अरु महिनाको तुलनामा बढी नै हुने गर्दछ ।