२०७७ साल कार्तिक शुक्लपक्ष मंसिर १० गते बुधवार एकादशी तिथि उत्तरभाद्रपदा नक्षत्र चन्द्रमा मीन राशिमा ।
मेष राशि : आज तपाईंका कामहरु सजिलै संग बन्ने छन् । नयाँ कामका योजनाहरु पनि बनाउनु हुने सम्भावना रहेको छ । अनि विपरित लिङ्गिको हौसलाले पनि तपाईंमा आज जोश र जाँगर बढ्ने देखिन्छ । त्यस्तै तपाईंले आज मान सम्मान पनि प्राप्त गर्न सक्नु हुनेछ । कसैको स्वाथ्य उपचारमा आज तपाईंको अलिकति पैसा खर्च हुने देखिन्छ ।
वृष राशि : विपरित लिङ्गिको हौसलाले पनि तपाईंका कामहरु आज सजिलै सँग बन्नेछन । आर्थिक पक्ष हिजो अस्ति भन्दा क्रमिक रुपमा सुधार भएको महशुस गर्नु हुनेछ । तपाईंले आज मनन गर्नु पर्ने कुरा के छ भने व्यवसायका कुरामा वादविवाद नगर्नु नै ठिक होला । त्यस्तै धार्मिक काममा पनि आज तपाईंको मन जाने देखिन्छ ।
मिथुन राशि : आजको दिन तपाईंकालागि मध्यम खालको छ । कामको बोझले थाकेको महसुस होला । तपाईंले आज रुपैयाँ पैसाको काम गर्दा भने धेरै नै जोगिनु पर्ने देखिन्छ । अनि स्वास्थ्यमा पनि समस्या देखिने सम्भावना रहेकोले खानपिनमा सजक रहनु नै उचित होला । प्रेम प्रसंगको कुरा गर्दा, आज तपाईंको प्रेम प्रसंग सुखद् रहने छ ।
कर्कट राशि : आज तपाईंले, सोच्नु भएको काम सजिलो तरिकाले गर्न सक्नु हुन्छ । आर्थिक पक्षको कुरा गर्नु पर्दा सामान्य खालको दिन छ । आजको कामले तपाईंलाईं पछि सम्म पनि फाइदा पुर्याउने देखिन्छ । पशु, सवारी साधन अनि हति’यार संग भने आज तपाईंले सावधानी अपनाउनु पर्ने देखिन्छ । आज तपाईंले प्रेममा सुखद मिलनको अनुभव गर्न सक्नु हुनेछ ।
सिंह राशि : आजको दिन तपाईंका लागि राम्रो रहेको छ । दाजभाई तथा दिदी बहिनीको सहयोगमा आजका कामहरु बन्ने देखिन्छन् । त्यस्तै आर्थिक पक्ष पनि आज सन्तोषजनक रहेको छ । प्रेम–प्रसंका कुरा गर्नु पर्दा आज तपाईंले प्रेममा सुखको अनुभव गर्न सक्नु हुनेछ । साँझपखको छोटो यात्राले पनि तपाईंलाई आज खुशी बनाउने देखिन्छ ।
कन्या राशि : आज तपाईंले साथिभाईको सहयोगमा कामहरु गर्नु भयो भने ती कामहरु सजिलै सँग बन्ने देखिन्छ । काममा बाधा पुर्याउने ब्यक्तिहरुले, तपाईंको आज केहि पनि बिगार्न सक्दैनन् । छोटो अनि अप्ठ्यरो किसिमको यात्रा हुन सक्ने सम्भावना रहेको छ । ब्यापार ब्यवसायमा उन्नति प्रगती नै हुने देखिन्छ, सधैं भन्दा आम्दानी राम्रै होला ।
तुला राशि : नयाँ कामको सम्भावना रहेको दिन छ । त्यस्तै तपाईंको साहसको पनि आज अरुहरुले खुलेर प्रसंशा गर्नेछन् । आर्थिक पक्षको कुरा गर्नु पर्दा सापटी लेनदेनमा भने अलिकति होस पुर्याउनु होला । मन नलागेको ठाउँको यात्रामा जानु पर्दा मन भने बेखुशी नै रहे पनि कृषि पेशामा संलग्न हुनुहुनेहरुलाई भने राम्रो छ ।
वृश्चिक राशि : आज तपाईंको आफन्तजन संग मिलन हुने सम्भावना रहेको छ । नयाँ कुरामा आज गरेको लगानीले राम्रै किसिमको फाइदा देला । अनि कुरा गरौं प्रेम प्रसंगको, प्रेम प्रसङ्गमा घर परिवारको राम्रो सहयोग मिल्ने देखिन्छ । तर पनि स्वास्थ्यमा भने खरावी देखिएला खानपिनमा सावधानी अपनाउनु होला ।
धनु राशि : यात्राको समय आएको छ । मन लगाएर गरिराखेको काममा एकाएक अवरोध आउने पनि देखिन्छ । विवाद उत्पन्न हुने र तनाव सिर्जना पनि होला । त्यसैले आज तपाईंले बढो सावधान पूर्वक काम गर्नु पर्ने देखिन्छ ।
मकर राशि : तपाईंको आज भाग्य चम्कन सम्छ । काममा भरपुर मन लगाउनु होला । तपाईंको आफ्नै बुद्धि र बलले सबै कुराहरु राम्रो हुने दिन छ । रुपैयाँ पैसा लेनदेनको कुरामा भने होश पुर्याउनु पर्ने देखिन्छ । साँझपखको छोटो यात्राले पनि तपाईंलाई आज खुशि बनाउने देखिन्छ । प्रेम–प्रसंका कुरामा पनि आज तपाईंले सुखको अनुभव गर्न सक्नुहुनेछ ।
कुम्भ राशि : समय तपाईंका लागि राम्रो छ । लामो समय देखि काममा देखिएको समस्या आज समाधान हुन सक्छ अलिकति प्रयास भने गर्नै पर्नै देखिन्छ । ऐतिहासिक स्थानको यात्रमा पनि रमाउन पाउनु हुने छ । अनि एउटा कुरा आज तपाईंका कुरा काट्ने मान्छेहरु पनि प्रसंशा गर्न थाल्नेछन् । तपाईंले आज समाजमा राम्रो किसिमको छाप छोड्रन सक्नु हुनेछ ।
मीन राशि : आज तपाईको आत्म विश्वास बढ्ने देखिन्छ । तरपनि अचानक काममा बाधा पर्ने सम्भावना रहेको छ, त्यसैले कामहरु समयमै सक्ने प्रयास गर्नु होला । आर्थिक पक्ष राम्रो छ त्यसैले रुपैया पैसाको काममा आज राम्रो किसिमको लाभ मिल्ला ।