कन्नड सिनेमाकी लोकप्रिय नायिका रश्मिका मन्डानालाई सर्च इन्जिन गूगलले ‘नेशनल क्रस अफ इन्डिया २०२० फिमेल’ घोषणा गरेको छ ।
यस खबरले उनका फ्यानहरु रोमाञ्चित भएका छन् ।
#Congrats @iamRashmika for being
'National Crush of India' for this year ❣️#NationalCrushRashmika #RashmikaMandanna pic.twitter.com/uqmjZlDUWO— परमेश्वर शेखावत (@PremsDabri) November 23, 2020
घोषणापछि ट्वीटरमा पनि रश्मिका नेशनल क्रश ह्याशट्यागसहित ट्रेन्ड हुन थालिन् । यसको स्क्रिनसट उनले आफ्नो ट्वीटर अकाउन्टबाट पनि सेयर गरेकी छिन् । उनले यससँगै लेखिन्, ‘मेरा मानिसहरु साँच्चै नै लेजेन्डरी हुनुहुन्छ । उनीहरु यति प्रिय छन्.. होइन र? मेरो मुटु उनीहरु सबैको साथमा छ ।’
Woahhhhh!! My people are truly LEGENDARY!! They are so cute.. aren’t they?? They have all my heart. ❤️ pic.twitter.com/2TXrtN0vI6
— Rashmika Mandanna (@iamRashmika) November 22, 2020
२४ वर्षीया अभिनेत्री रश्मिका दक्षिण भारत र उत्तर भारतमा निकै लोकप्रिय छिन् । रश्मिकाले कन्नड, तमिल र तेलुगु फिल्ममा पनि काम गरेकी छिन् भने उनले २०१६ मा क्रिक पार्टी फिल्मबाट कन्नड सिनेमामा डेब्यू गरेकी थिइन् ।
को हुन् रश्मिका
कन्नड सिनेमाबाट रजतपटमा प्रवेश गरेकी रश्मिका कति लोकप्रिय छिन भन्ने कुरा उनलाई दिइएको ‘कर्नाटका क्रस’को उपनामबाटै सजिलै बुझ्न सकिन्छ।
मोडलिङबाट सिनेमामा प्रवेश गरेकी रश्मिकाको सफलता र लोकप्रियताको असाध्यै छिटोछिटो अघि बढेको छ।
२४ वर्षिय रश्मिका सन् २०१६ मा कन्नड सिनेमा ‘किरिक पार्टी’बाट डेब्यू भएकी हुन्। हाल तेलेगु र कन्नड सिनेमामा व्यस्त रश्मिका ती थोरै अभिनेत्रीमा पर्छिन जसको सिनेमाले थोरै समयमा एक खर्ब भारूको कमाइ गरेका छन्। लगातारका सफल सिनेमाले उनी तेलेगु र कन्नड सिनेमाकी अत्याधिक लोकप्रिय र सर्वाधिक पारिश्रमिक बुझ्ने अभिनेत्री बनिसकेकी छन्।
‘किरिक पार्टी’बाट डेब्यू भएकी रश्मिकाका त्यसपछि दुई रिलिज ‘अन्जनी पुत्र’ र ‘चमक’ व्यापारिकरुपमा अत्यन्त सफल भए। यसले उनको डेब्यू सिनेमाबाट पाउन थालेको लोकप्रियतालाई अझ उचाइ प्रदान गर्यो।
त्यसपछि उनी तेलेगु सिनेमाको नजरमा परिन्।
‘चलो’ नामको यस डेब्यू सिनेमाले वक्सअफिसमा कमाल नै गरिदियो। ३ करोडको सानो बजेटमा बनेको तेलेगु सिनेमा २३ करोड भारू कमाउँदै सुपरहिट सावित भयो।
सोही वर्ष उनका थप दुई तेलेगु सिनेमा रिलिज भए- गीता गोविन्दम र देवदास। ‘गीता गोविन्दम’मा उनले विजयसँग जोडी बाँधेकी थिइन भने ‘देवदास’मा ‘जर्सी’ अभिनेता नानीसँग जोडी बाँधेकी थिइन।
यी दुबै सिनेमा वक्सअफिसमा सफल भए। ५ करोड भारूमा बनेको ‘गीता गोविन्दम’ले करिब १३० करोड भारू कमायो भने २० करोडमा बनेको ‘देवदास’ले ५० करोड भारू कमाउन सफल रह्यो। ‘गीता गोविन्दम’ त सर्वाधिक मुनाफा दिने तेलेगु सिनेमामध्येको एक बन्यो।
यी सिनेमाको सफलताले उनलाई ठूला व्यानर र निर्देशकको नजरमा पारेको छ। त्यसैको नतिजा स्वरुप उनी महेश बाबुको पछिल्लो रिलिज ‘सरीलारु नीकेवरु’मा देखिइन्।
त्यसअघि उनले कन्नडमा पनि ह्याट्रिक गरिसकेकी थिइन्।
हालसम्म उनका ९ सिनेमा रिलिज भएका छन् जसमा ९ नै सिनेमा वक्सअफिसमा सफल बने।
यसको अर्थ उनको सिनेमा करियर शतप्रतिशत सफलताका साथ अघि बढिरहेको छ।
यसैको कारण हुनुपर्छ उनलाई तमिल सिनेमा उद्योगले पनि नजर लगाइसकेको छ। उनी अब अभिनेता कार्थीको जोडी बनेर ‘सुल्तान’ नामक सिनेमाबाट तमिल दर्शकहरुमाझ डेब्यू गर्दैछिन्।
कर्नाटकमा जन्मिएकी रश्मिका मनोविज्ञान, पत्रकारिता तथा अंग्रेजी साहित्यमा स्नातक हुन्।
सिनेमा अगाडि उनको मोडलिङ करियर पनि सफल ने बन्यो। त्यसैको सफलताले उनलाई सिनेमामा ल्याएको हो।