मंगलबार पुनः शेयर बजारमा दोहोरो अंकको सुधार आएको छ ।
साताको तेस्रो दिन आज मंगलबार नेप्से १८ सय माथी पुगेको छ ।
पछिल्ला दिन निरन्तरजसो उकालो लाग्दै आएको नेप्सेमा हिजो सामान्य करेक्सन भएको थियो ।
आज नेप्से ३० अंक बराबरले उकालो लागेर १८ सय १० पुगेको हो ।
होटल बाहेक कारोबार भएका सबै समूह उकालो लागेका छन् ।
निर्जीबन बीमा समूहमा सबैभन्दा उच्च ३ सय २७ अंक अनि जीवन बीमा समूहमा पनि २ सय ४८ अंकको बृद्धि आयो ।
उत्पादनमूलक समूह २ सय २७ अंकले उकालो लाग्यो । व्यापार समूह पनि १ सय ७२ अंकले बढ्यो ।
वाणिज्य बैंक र सामुहिक लगानी कोष नगन्य अंकले हरियो रहँदा अरु भने दोहोरो अंकले सकारात्मक रहे ।
यस दिन मात्र होटल समूह ३५ अंकले ओरालो लाग्यो ।
नेपाल स्टक एक्सचेन्जमा १ सय ९६ कम्पनीको १ करोड १७ लाख कित्ता शेयर ५ अर्ब ४४ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।