२०७७ साल कार्तिक शुक्लपक्ष मंसिर ९ गते मंगलवार दशमी तिथि पूर्वभाद्रपदा नक्षत्र चन्द्रमा कुम्भ ११:५९ पछि मीन राशिमा ।
मेष राशि – पुराना साथीभाइसँग भेटघाट हुने छ। खाद्यान्नका बिभिन्न परिकार मिल्नेछ । कामको दायित्व दिन प्रतिदिन बढ्नेछ। शुभ समाचारले मन प्रशन्न रहला। परिवारबाट खुशीको अनुभव हुनेछ। रमाइलो यात्राको योग छ। काम गराईमा भरपुर मन लगाउने प्रयास गर्नु होला ।
बृष राशि – नयाँ कामको सोच दिमागमा आउनेछ । खेलकुदतिर बढी नै सफलता मिल्ला। स्वास्थ्यमा गडबडी हुन सक्छ सावधान रहनु होला । पुरानो कामबाट दिक्क लागेर काम परिवर्तन गर्ने चाहना मनमा आउँन सक्नेछ । विपरित लिङ्गी साथीहरुको सहयोग र हौसलाले अधूरा काममा सम्पन्न हुनेछन् ।
मिथुन राशि – तर्क र विवादमा पछि सर्नु होला । शत्रु पक्षबाट भने समस्या आइपर्ने देखिन्छ । समयको सहि सदुपयोग गर्न सके यथेष्ट लाभ लिन सकिने छ । निर्माणको काममा अझ राम्रो समय छ । नयाँ कुरा सिक्न पाइएला ।
कर्कट राशि – रमाइलो यात्रा हुने छ । प्रेम प्रसंग रमाइलो रहनेछ । परिवारमा सामान्य विवादले ठूलो रूप लेला । कर्मचारी वर्गका लागि उपयुक्त समय आएको छ । चिन्तन र अध्ययनमा कम मन जाला । व्यापार व्यवसायमा भने राम्रो समय छ ।
सिंह राशि – काममा जाँगर बढ्नेछ । कारोबारमा सुधार आउला । शुभ समाचार प्राप्त हुनेछ । मन प्रसन्न हुने समय छ । सञ्चारसंग सम्बन्धित कामको अनुकूल वातावरण मिल्नेछ । धेरथोर दान–पुण्य गर्न सके मानसिक सन्तुष्टि मिल्नेछ ।
कन्या राशि – आर्थिक लगानीमा नयाँ योजना बन्ने छ । आफन्तको प्रशंसाले खुशी बनाउनेछ । साथिभाइले खर्च गर्नमा उक्साउन सक्छन् । तरल पदार्थको कामले यथेष्ट फाइदा गराउनेछ । सन्तान र परिवारबाट उचित सहयोग मिल्ला। समाजको नेतृत्व वहन गर्नमा सुअवसर आउन सक्छ ।
तुला राशि – कामहरु फटाफट बन्नेछन् । मनमा सन्तोष मिल्नेछ । व्यवसाय बढ्नेछ । स्वास्थ्यमा भने सामान्य समस्या आउने देखिन्छ । यात्रामा सजगता अपनाउनु होला । प्रेम प्रसंगमा घर परिवारको राम्रो सहयोग मिल्नेछ ।
बृश्चिक राशि – आफन्तले कुरा काट्न सक्छन सावधान रहनु होला । दिन भरी नै मन प्रफुल्ल रहने देखिन्छ । नयाँ कुरामा लगानी गर्दा अलिक बढी नै ध्यान पुर्याउनु होला । इष्टमित्रको सहयोग राम्रै संग मिल्नेछ । शिक्षा र कला क्षेत्रमा प्रगति हुनेछ । ऐतिहासिक ठाउँको यात्रा हुने संभावना छ ।
धनु राशि – मनोकाङ्क्षा पूर्ण हुनेछ । समाजमा प्रतिष्ठित व्यक्तिको रूपमा मुल्याङ्कन हुनेछ । आफन्तबाट आवश्यक सहयोग मिल्नेछ । स्वास्थ्य उपचारमा समय र धन खर्च हुन सक्छ । हतारमा कुनै पनि कुराको निर्णय नलिनु होला ।
मकर राशि – व्यापारमा लाभका संकेतहरु छन् । टाढाको इष्टमित्रबाट सहयोग मिल्नेछ । आम्दानी भइनै रहला । आज केही काममा ढिलाई पनि हुने देखिन्छ । नयाँकामको प्रस्ताव आउनेछन् । आफ्नो कामभन्दा अरुको कामबाट फुर्सद निकाल्न निकै कठिन हुनेछ ।
कुम्भ राशि – कारोबारमा सुधार आउनेछ । पारिवारिक वातावरणमा खुशी छाउने छ। आर्थिक मामिलामा सावधान रहनु होला । पुराना काम बन्ने छन् । राम्रा व्यक्तिसँग सम्पर्क हुनेछ । भविष्यमा काम लाग्ने कुरा सिक्नपाइनेछ । धैर्य लिएर काम गर्नुहोला ।
मीन राशि – दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन् । आफन्त र मित्रहरुसँग भेटघाट र रमाइलो गरिनेछ । प्रतिशोधको भावना त्याग्नु राम्रो हुनेछ । आज कामको सही मूल्यांकन हुनेछ । खाद्यान्नको व्यापार व्यवसायबाट राम्रै लाभ मिल्ला । उपहार पुरस्कार आदी पनि प्राप्तहुने देखिन्छ ।