कलाकार वर्षा शिवाकोटी केही समयअघि साधारण पोशाकमा देखिने गर्थिन् । तर, पछिल्लो समय भने उनै खुल्दै गएकी छिन् ।
पछिल्लो समय म्युजिक भिडियोमा सक्रिय रहेकी वर्षा सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय रहने गर्छिन् ।
सामाजिक सञ्जालमा उनले सुन्दर तस्वीरहरु शेयर गर्ने गर्छिन् । वर्षाको सुन्दरताको चर्चा चलिरहन्छ । पछिल्लो समय भने वर्षाले सामाजिक सञ्जालमा ग्ल्यामर तस्वीरहरु शेयर गर्न थालेकी छिन् ।
हालै वर्षाले बिकिनी अवतारमा खिचाएका तस्वीरहरु सामाजिक सञ्जालमा शेयर गरेकी छिन् । उनका तस्वीरमा फ्यानले मन परेको प्रतिक्रिया दिएका छन् ।
खासै विवादमा आउन नचाहने वर्षा पछिल्लो समय भने बोल्ड अवतारमा देखिन थालेकी छिन् । सामाजिक सञ्जालमा उनका कैयौं फ्यान छन् ।
नायिका वर्षा सिवाकोटी दशैंको टिका थापेर अमेरिका उडिन् । उनी, अमेरिका पुगेको दुई साता भैसकेको छ । अमेरिकामा रहेकी वर्षाले सामाजिक संजालमा घुमफिरको तस्वीर पोष्ट गरेको देख्न सकिन्छ । कोरोना भाइरसका कारण उकुसमुकुस भएकी वर्षा अमेरिका पुगेर खुलेकी छिन् ।
उनै, वर्षाले अमेरिकामा रहेका आफ्ना प्रेमी सविनजंग थापासँगको भेटघाटको तस्वीर पनि इन्स्टाग्राममा शेयर गरेकी छिन् । भेटघाटमा वर्षाको लागि सविनले गीत गाएको देख्न सकिन्छ । वर्षाले सामाजिक संजालमा शेयर गरेको तस्वीरले उनीहरुको भेटघाट विशेष भएको वुझ्न सकिन्छ ।
वर्षा शिवाकोटीको बारेमा थप जानकारी
नेपाली फिल्म जगतकी सुन्दर र चर्चित अभिनेत्री हुन् वर्षा शिवाकोटी । उनको जन्म सन् १९९३, ६ अप्रिलमा भएको हो । उनी अभिनेत्री, मोडल हुन् ।
उनले बिबिएसम्मको अध्ययन गरेकी छिन् । उनले डेब्यु गरेको पहिलो फिल्म नाइ नभन्नु ल २ हो । मोडलिङबाट आफ्नो करिअर सूरु गरेकी उनको पहिलो म्युजिक भिडियो भने झुम्का गिरोरे हो ।
उनले स्कुले शिक्षा एसिया पब्लिक स्कुलबाट लिएकी हुन् । पछिको अध्ययन भने उनले हिमान ह्वाइट हाउस कलेज र एपेक्स कलेजबाट लिइन् । उनी आफु सिंगल रहेको बताउँदै आइरहेकी छिन् ।
प्राय विवादमा उनी आउँन चाहदिनन् । त्यही भएर पनि उनी आफ्नो लभअफेयरबारे बोल्न नचाहेको केहीको आरोप छ ।
उनलाइै पार्टीमा जान मनपर्देन । उनलाई चकलेट पनि मनपर्दैन । उनलाई इयरफोनमा गीतसुन्दै घुमिरहन मनपर्छ ।
उनलाई कस्मेटिक प्रडक्ट अति नै मनपर्छ । उनी अन्तर्मुखी स्वभावकी छिन् ।
थप अपडेट
करिब एक बर्ष अघि अभिनेत्री बर्षा सिवाकाटी आफ्नो प्रेमी सबिन थापालाई भेट्न अमेरिका गएको भन्ने समाचारले मिडियामा चर्चा परिचर्चा भयो ।
त्यो समय बर्षाले आफु प्रेममा रहेको वा नरहेको भन्ने बारे केही बोलिनन् । झण्डै एक बर्षपछि बर्षा पुनः सबिनलाई भेट्न अमेरिका पुगेकी थिइन । लकडाउनको समयमा कोरोनाको पर्वाह नगरी अमेरिका पुगेकी बर्षाले यसपटक भने खुलेरै सबिनसँग प्रेम जनाइन् । मिडियामा उनीहरु चाडैँनै विवाह बन्धनमा बाँधिन लागेको समचारपनि सार्वजनिक भयो ।
उता बर्षा र सबिनको प्रेम समाजिक सञ्जाल इन्टाग्रामको भित्ताभरी छरपष्ट देखियो । तर बर्षा नेपाल फर्किएसँगै उनीहरुको प्रेममा बाधा आयो ।
अहिले भने बर्षाको ब्रेकअप भएको कुरा सामाजिक संजाल भरि हल्ला भैलिएको छ। उनका ब्वाईफ्रेण्डले ब्रेकअप भएको कुरालाई लिएर भावुक हुदै इन्स्टाग्राममा स्टाटस समेत लेखेका छन । उनीहरुको प्रेम सम्बन्ध विछोड भएको भनी शनिबार बिहानै सबिनले आफ्नो र बर्षाको तस्बिर सहित लामो भावुक स्ट्याटस पोस्ट गरेका हुन्। सबिनले इन्टाग्राममा बर्षाले देखाएको इगो र व्यवहारका कारण सम्बन्ध सकिएको लेखेका छन् ।