अमेरिकी चर्चित टिकटक प्रयोगकर्ता चार्ली डिमेलियो टिकटकमा १० करोड फलोअर्स कमाउने पहिलो व्यक्ति भएकी छिन्।
उनले विश्वका ठूला सेलेब्रिटी, युट्युबर र इन्स्टाग्रामरलाई पछि पार्दै टिकटकमा नयाँ इतिहास बनाएकी हुन्।
१६ वर्षीया चार्ली विशेषगरी आफ्ना नाचका लागि चर्चित छन्। डिमेलियोले टिकटक भिडियो बनाउन थालेको धेरै पनि भएको छैन। उनले सन् २०१९ मे महिनामा आफ्नो पहिलो टिकटक भिडियो पोस्ट गरेकी थिइन् ।
चार्लीको परिवारमा उनीसँगै उनकी दिदी र आमाबुबा उत्तिकै चर्चित छन्। चार्लीकी दिदी डिक्सी डिमेलियो गायक हुन्। यी दुई दिदीबहिनीले आफ्नै पोडकास्ट सुरू गरेका छन्।
चार्लीकी आमाबुबा हेइडी र मार्क डिमेलियोले पनि टिकटक, इन्स्टाग्राम र ट्विटरमा फलोअर्स कमाइरहेका छन्।