एक नेपाली युवती बेलायती सेनाको उच्च तहमा पुगेकी छिन् । ‘वीर गोर्खाली’को नामले विश्वमा परिचित भूतपूर्व गोर्खा सैनिककी छोरी बेलायती सेनाको एक उच्च पदमा पुगेकी हुन् ।
कास्कीको पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर–२२ भुम्दी घर भएकी २७ वर्षीय अंशु गुरुङ बेलायती सेनाको क्याप्टेन पदमा भर्ती भएकी छन् । हालसम्म बेलायती सेनाको उच्च तहमा पुग्ने सम्भवतः उनी पहिलो नेपाली महिला हुन् । अंशुले रोयल मिलिटरी एकेडेमी स्यान्डहर्स्टबाट १० हप्ते तालिम पूरा गरि शनिबार मात्रै क्याप्टेन पदको फुली लगाएकी हुन् ।
६ गोर्खा राईफलका ‘कलर सार्जन’ अमर गुरुङ र सुकु गुरुङकी कान्छी छोरी अंशु दन्त चिकित्सक (डेन्टिस्ट) हुन् ।
गत वर्ष बेलायतको क्वीन म्यारी युनिभर्सिटीबाट दन्त चिकित्सक (डेन्टिस्ट) को अध्ययन पूरा गरेपछि अंशु बेलायती सेना प्रवेश गरेकी थिइन् । उनकी आमा भुम्दिकोट समाज यूके आमा समुहकी अध्यक्ष हुन् । उनीहरु स–परिरिवार बेलायतको फार्नबरोमा बस्दै आएका छन् ।
बेलायतमा बसोवास गर्दै आएका नेपाली किशोरीहरु भने फाट्टफुट्ट बेलायती सेनामा भर्ना हुँदै आएका भएपनि क्याप्टेन जस्तो उच्च पदमा पुग्ने कीर्तिमान भने सर्वप्रथम आँशुले कायम गरेकी छन्।