काठमाडौं र भक्तपुरका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् ।
काठमाडौंमा काली पराजुली आएका छन् भने भक्तपुरमा प्रेम भट्टराई गएका छन् ।
काठमाडौंमा हाल रहेका सीडीओ जनकराज दाहाल र भक्तपुरकी सीडीओ हुमकला पाण्डेको गृह मन्त्रालयमा सरुवा भएको छ ।
दाहाल र पाण्डे दुवैले एक वर्ष कार्यअवधि पूरा गरेपछि सरुवा गरिएको गृहका एक अधिकारीले बताए ।
गृह मन्त्रालयले धनुषाको प्रमुख जिल्ला अधिकारीमा बन्धु बाँस्तोलालाई सरुवा गरेको छ ।
बाँस्तोला डडेलधुराको प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत थिए । भक्तपुरमा सरुवा भएका सिडिओ भट्टराई चाहिँ धनुषामा कार्यरत थिए ।