२०७७ सालकार्तिक शुक्लपक्ष मंसिर ८ गते सोमवार नवमी तिथि शतभिषा नक्षत्र चन्द्रमा कुम्भ राशिमा ।
मेष राशि : उल्लेख्य सफलता मिल्ने छ । रमाइलो कार्यक्रममा सहभागी भइनेछ । मनोरञ्जनमा अलिक बढी नै खर्च हुनेछ । स्वास्थ्यमा विशेष सावधान रहनु होला । आलोचना सुन्दा र मनन गर्दा राम्रो हुनेछ । व्याहारिक समस्या समाधान भएर जानेछ । मनमा नयाँ उमङ्ग थपिने छ । मायालु संगको भेटघाटले खुशियाली थप्नेछ । छोटो दुरीको यात्रा होला ।
बृष राशि : आम्दानी राम्रै हुने छ तर बेलुापछि अल्छी पन बढ्ने देखिन्छ । अरुको काममा सहयोग गर्नु पर्नेछ । परिवारमा विवाहको कुरा चल्नेछ । मायामा विवाद हुन सक्छ । काममा सफलता मिल्नेछ । आकस्मिक धन लाभ पनि हुनेछ । अध्ययनमा कम मन जाला । व्यापारमा भने राम्रै फाइदा हुनेछ । रमाइलो यात्रा हुनेछ ।
मिथुन राशि : स्वास्थ्य गड्बड् रहन सक्छ । ठूलाबडाको सुझाव फलदायी रहनेछ । सङ्गित क्षेत्रमा राम्रो छ । धनको नोक्सानी हुने देखिन्छ । दिमाग सक्रिय रहनेछ । आफन्तबाटै काममा आलोचना भएपनि सुन्ने बानी गर्नु होला । काममा साथीभाइले सहयोग गर्नेछन् । व्यवसाय राम्रो हुनेछ । अध्ययनमा रुचि बढ्नेछ ।
कर्कट राशि : परिश्रमगर्न सके काममा प्रसस्त सफलता मिल्ने छ । वैदेशिक रोजगारीको काम सोचे अनुरुप हुनेछ । पारिवारिक सुखमा बृद्घि हुनेछ । समयमै निर्णय लिन नसक्दा काममा ढिलासुस्ती हुन सक्छ । आम्दानीका स्रोत बढ्ने छ । मनोरञ्जनमा रमाइनेछ । अधुरा काम बन्नेछन् । नयाँ काम पाइने योग छ । आम्दानीका स्रोत थपिनेछन् ।
सिंह राशि : खट्न सक्दा व्यापारमा राम्रो हुने छ । साहित्यमा रुचि बढ्नेछ । प्रेम प्रसङ्गमा नयाँ र रमाइलो मोड आउनेछ । सुरु गरेको काम पुरा हुनेछ । आम्दानीका नयाँ बाटाहरु खुल्नेछन् । सुखको अनुभूति हुनेछ । आफन्तको सहयोग राम्रैसंग पाइनेछ। प्रियव्यक्तिसँग भेटघाट हुनेछ । नोकरीमा पदप्रतिष्ठा बढ्ने सम्भावना छ । खरो बोल्दा काम बिग्रेला ।
कन्या राशि : नयाँ व्यक्तिको विश्वास जित्न सकिने छ । ठगिमा परिने सम्भावना छ । आर्थिक कारोबार गर्दा सजगता अपनाउनु होला । पेशा परिवर्तन गर्न मन लाग्नेछ । मित्रहरुले काममा सहयोग गर्नेछन् । आकस्मिक धनलाभ हुनेछ । अनावश्यक काममा खर्च हुनेछ ।विवादमा फँस्ने सम्भावना छ । अध्ययनमा अवरोध हुनेछ ।
तुला राशि : लामो समय देखिको समस्या समाधानहुनेछ । मायालुका कुराले मनमा शान्ति छाउनेछ । पढाइ लेखाइमा सफलता मिल्ला । शत्रु सक्रिय रहनेछन् । स्वास्थ्य गडबड रहला । व्यापारबाट लाभ हुनेछ । झूटा आरोप लाग्न सक्छ । रमाइलो यात्रा हुनेछ । घरायसी सुख बढ्नेछ । साथिभाइ संगको जमघट सम्झन योग्यहुनेछ । मानसिक सन्तोष मिल्ने छ ।
बृश्चिक राशि : परिश्रम र लाभ राम्रै हुनेछ । व्यवसायबाट फाइदा हुने छ । विवादमा भरसक अघि नबढ्नु उचित होला। खानपानमा विचार पुर्याउनु पर्नेछ । स्वास्थ्य कमजोर रहन सक्छ । मायालु टाढिने सम्भावना छ । नोकरी राम्रो रहनेछ । साझेदारी कामबाट मन सन्तुष्ट रहनेछ । धर्मकर्ममा रुचि बढ्नेछ । अध्ययनमा भने अवरोध हुन सक्छ । परिवारिक भेटघाट हुनेछ ।
धनु राशि : रमाइलो यात्रा हुनेछ । कामको प्रकृती परिवर्तन हुने बलियो सम्भावना छ । मित्रहरुले सहयोग गर्नेछन् । अधुरा काम बन्नेछन् । आकस्मिक धनलाभको सम्भावना छ । अनावश्यक काममा धनखर्च हुन सक्छ । विवादमा फँसिएला। भाग्यशक्ति बलवान छ । घरायसी समस्याको समाधानले सुखको अनुभव हुनेछ । मायालु संगको उठबस रमाइलो रहनेछ ।
मकर राशि : वैदेशिक रोजगारमा उपलब्धि मूलक समय छ । काममा नयाँपनले मन रमाउनेछ । जोस र जाँगर पनि बढ्ला । व्यवसायबाट उचित लाभहुने छ । अध्ययन अध्यापनमा रुचि बढ्नेछ । शुभ समाचार सुनिनेछ । नोकरीमा मानसम्मान बढ्नुका साथै पदोन्नति हुनेछ । राजनीतिर सामाजिक काममा प्रशंसा मिल्नेछ ।
कुम्भ राशि : प्रेम प्रसंग र दाम्पत्य जीवन सुखद् रहनेछ । काममा देखिएको बाधा कम हुनेछ । इष्टमित्रको सहयोग फलदायी रहनेछ । रमाइलो यात्रा हुनेछ । यात्रामा अलिक बढी नै खर्च पनि हुने देखिन्छ । अध्ययनमा भने अवरोध होला । साहित्यमा रुचि बढ्नेछ । मनमा गलत विचार आउन सक्छ सावधान रहनु होला ।
मीन राशि : आफन्तको सहयोगले कामबन्ने छ । आर्थिक कुरामा शुभ संकेत देखिने छ । घरायसी मेलमिलाप बढ्ने छ । प्रेमसुख थपिने छ । व्यापार व्यवसायमा राम्रो लाभ हुनेछ । रमाइलो यात्रा पनि होला । राजनीतिमा प्रगतिको सम्भावना छ । अरुको विश्वास जीतिने अवसर मिल्नेछ । स्वास्थ्यभने सामान्य गड्बड् रहला । साझेदारी लागानीमा विवाद हुनसक्छ ।