आज बलिउड अभिनेत्री शिल्पा शेट्टी र उनको श्रीमान राज कुन्द्राले ११ औं वर्षगाँठ मनाइरहेका छन् ।
४५ वर्षीय शिल्पाले सामाजिक सञ्जाल इन्टाग्राममार्फत माया दर्साएको छिन् । शिल्पा र राजले छुट्टाछुट्टै पोष्ट गर्दै एक अर्काको लागि माया प्रदशन गरेका हुन् ।
https://www.instagram.com/p/CH4Fgr0Kyiw/?utm_source=ig_embed
बलिउड अभिनेत्री शिल्पा शेट्टीको अनुहारको चमक योग मात्र होइन, उनको सुखी वैवाहिक जीवन पनि हो। लन्डनका व्यवसायी राज कुंद्रासँग बिहे गरेकी अभिनेत्रीले आफ्नो विवाहित जीवन निकै रमाइलोसंग विताइरहेकी छन्। राज कुन्द्राले पनि आफ्नी पत्नीलाई विलासी जीवन दिन कुनै कसर बाँकी राखेका छैनन् । उनले शिल्पालाई बुर्ज खलिफामा फ्ल्याट, महँगा कारहरू उपहारका रुपमा दिएका छन्। शिल्पा विवाहको वार्षिक उत्सवमा सबैभन्दा महंगो उपहार पाउने नायीका बनेकी छन् ।
विवाहको वार्षिकोत्सवमा, राज कुन्द्राले शिल्पालाई विश्वको सबैभन्दा अग्लो भवन बुर्ज खलिफाको १९ औं तलामा एउटा अपार्टमेन्ट उपहार स्वरूप दिएका छन् । यद्यपि शिल्पाले केही दिन अघि नै उनको सम्पत्ति बेचेको बताई सकेकी थिइन्। विवाहको वार्षिकोत्सव मात्र होइन, विवाहको अवसरमा पनि राज कुन्द्राले शिल्पा शेट्टीको लागि यस दिनलाई स्मरणीय बनाउने प्रयास गरेका थिए । कोस्मोपोलिटनका अनुसार राजले शिल्पालाई ५० लाख रुपैयाँको विवाहको लेहंगा दिएका थिए, ३ करोड रुपैयाको हिराको हार दिएका थिए ।
राज कुन्द्राले शिल्पा शेट्टीको सपना पनि साकार गरेका छन् । समुन्द्री किनारमा बंगलाको चाहना राखेकी शिल्पालाई उनले त्यो चाहना पनि पुरा गरिदिएका छन् । उनले मुम्बईमा लक्जरी विला शिल्पालाई उपहार दिएका छन् । यस भवनको नाम ुकिनाराु हो र शिल्पा धेरैजसो समय यस विलामा बिताउँछिन्। दुबई र मुम्बईमा मात्र होइन, २०१२ मा, राज कुन्द्राले शिल्पाको नोएडामा ८० तलाको भवन अपार्टमेन्ट सुपर्नोवामा ३००० वर्गफुटको अपार्टमेन्ट किनेका थिए। भारतमा मात्रै होइन, इंग्ल्याण्डमा पनि राजाको लागि, राजले एउटा विलासी(कोठाको घर किनेका छन् जसको नाम राज महल हो।
राज महल बाहेक राजले शिल्पालाई मध्य लन्डनमा ७ करोडको लक्जरी घर उपहार स्वरूप दिएका छन्। महँगो कार मनपराउने राज कुन्द्राले प्रायः बिएमडब्लु कारहरू गिफ्ट गरिसकेका छन्। जब राजले शिल्पालाई लेम्बोर्गिनी कार गिफ्ट गरे पनि उनको यो उपहारको धेरै चर्चा भएको थियो। त्यसबेला शिल्पा मात्र एक युवती थिइन् जो संग लाम्बोर्गिनीको संस्करण थियो। किनकि यो कार भारतमा अझै सुरू गरिएको छैन।