वितेको २४ घन्टामा काठमाडौं उपत्यकामा ९५७ जनामा कोरोना संक्रमण पाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार अपरान्ह सार्वजनिक गरेको तथ्यांक आज उपत्यकामा भेटिएका संक्रमितमध्ये पुरुषको संख्या ५४२ र महिलाको संख्या ४१५ रहेको छ ।
काठमाडौं जिल्लामा मात्रै कूल संक्रमितको संख्या ८३ हजार ४६ पुगेको छ । जसमध्ये ३२१ जनाको ज्यान गइसकेको छ भने ७३ हजार ८५६ जना कोरोनामुक्त भएका छन् । अहिले पिन ८ हजार ८६९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै भक्तपुरमा र ललितपुरमा कूल संक्रमितको संख्या ७ हजार ४३८ र १२ हजार २४४ रहेको छ । ललितपुरमा ९० जनाले ज्यान गुमाएका छन् भने भक्तपुरमा ८४ जनाको निधन भएको छ ।
र यो पनि पढ्नुहोस् :
थप १६ जनाको निधन, कोरोनाबाट निको हुनेको संख्या २ लाख