वरिष्ठ चिकित्सक डा. ध्रुव मुडभरीको कोभिड–१९ सङ्क्रमणबाट निधन भएको छ ।
पिसीआर पोजेटिभ देखिएपछि होम क्वारेन्टाइनमा बसेका ७७ वर्षीय डा. मुडभरीलाई श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि चावहिलस्थित ॐ अस्पताल भर्ना गरिएको थियो । त्यहाँ उपचारका क्रममा आज उहाँको निधन भएको छोरी अनुजा शर्माले पुष्टि गरिन् ।
राजविराज, भैरहवा, बुटवल, पोखरा र काठमाडौँको वीर अस्पतालमा सरकारी शल्य चिकित्सकका रूपमा झण्डै २५ वर्ष सेवा गरेका डा. मुडभरी ॐ अस्पतालका संस्थापक थिए ।
उनका श्रीमती, दुई छोरी र एक छोरा हुनुहुन्छ । स्व मुडभरीको आजै पशुपतिमा अन्त्येष्टि गरिएको पारिवारिक स्रोतले जनाएको छ ।