सधैं जस्तो आज पनि म परिसरको बाहिर बसेका भिखारीहरूको निःशुल्क स्वास्थ्य जाँचमा व्यस्त थिएँ । स्वास्थ्य जाँच र त्यसपछि नि:शुल्क पाईने औषधिका लागि सबैजना कतारमा उभिएका थिए ।
एक्कासी मेरो ध्यान एक वृद्ध व्यक्तित्व तर्फ गयो जो एउटा ढुंगामा बसिरहेका थिए । सीधा नाक, घुमाउरो कपाल, डूबिएको आँखा, शरीरमा साधारण तर सफा लुगा । केही समयसम्म उनलाई हेरिसकेपछि म विश्वस्त भएँ कि उनी भिखारी होईनन् ।
उनको दाहिने खुट्टा घूँडाबाट तल थिएन र उनको बैसाखी नजिकै राखिएको थियो । आउने जाने व्यक्तिहरूले उनलाई केहि दिईरहेका थिए र उनी पनि लिएर राख्थे । मैले सोचें मेरो अनुमान गलत रहेछ, ऊनि त भिखारी नै रहेछन् ।
उत्सुकतापूर्वक जब म उनीतर्फ लागें, तब केहि मानिसहरूले मलाई भने, “त्योसँग नजानुहोस् डाक्टर ! त्यो बूढो पागल छ ।” तर म ती आवाजहरूलाई वेवास्ता गर्दै उनीकहाँ गएँ । सोचें, जस्तो अरूको अगाडि आफ्नो हात फैलाउँछन् मेरो अघि पनि त्यसै गर्छन् होला, तर मेरो अनुमान फेरि गलत हुन पुग्यो । उनले मेरो अघि आफ्ना हातहरू फैलाएनन् । मैले उनलाई भनें, “बुवा, के तपाईलाई कुनै शारीरिक समस्या छ ?”
मैले सोध्दा उहाँ आफ्नो बैसाखीको सहयोगमा बिस्तारै उठनुभयो र भन्नुभयो, “Good afternoon doctor…… I think I may have some eye problem in my right eye …. ”
म यस्तो राम्रो अंग्रेजी सुनेर दंग परें । त्यसपछि मैले उनको आँखा हेरें । उनको आँखामा पाकेको मोतियाबिन्द थियो ।
मैले भनें, “बुवा, तपाईको आँखामा मोतियाबिन्द छ, तपाईले यसको अप्रेसन गराउनु पर्छ ।”
उनले भने, “Oh, cataract ?
I had cataract operation in 2014 for my left eye in Bir Hospital.”
मैले सोधें, “बुवा, तपाई यहाँ के गर्दै हुनुहुन्छ ?”
उनले भने, “म यहाँ सधैं २ घण्टाको लागि भीख माग्न आऊँछु सर ।”
“तर किन बुवा ? मलाई लाग्छ तपाईं धेरै शिक्षित हुनुहुन्छ ।”
उनी हाँसे र मलाई राम्ररी नियाल्दै भने, “शिक्षित ?”
मैले भनें, “बुवा, तपाई त मेरो उपहास गर्दै हुनुहुन्छ ।”
बूढा: “Oh no doc… Why would I ?… Sorry if I hurt you !”
म: “बुवा, चोट पुर्याएको कुरा होइन, तर म केही बुझिरहेको छैन ।”
बूढा: “बुझेर पनि के गर्छौ डाक्टर ? ल ठिक छ, यसो गरौं, हिन्नुहोस हामी उ पर बसौं, अन्यथा मानिसहरूले तपाईंलाई पनि पागल भन्छन्।” (र बूढा हाँस्न थाले)
नजीकै एउटा बेंच थियो, हामी त्यहाँ गएर बस्यौं ।
” Well Doctor, I am Mechanical Engineer….”— बूढाले अंग्रेजीबाट शुरू गरे — “म ***** कम्पनीमा एक वरिष्ठ मेशिन अपरेटर थिएँ । नयाँ अपरेटरलाई सिकाउँने क्रममा मेरो खुट्टा मेशिनमा अड्कियो, र यो बैसाखी हातमा आई पुग्यो ।
कम्पनीले सबै उपचार खर्च गर्यो, पछि केहि थप पैसा हस्तान्तरण गर्यो र मलाई घरमा बस्न लगायो । खुट्टा भाँचिएको गोरुलाई कसले खेत जोत्न लाऊँछ र, सर ?” “त्यसपछि मैले त्यो पैसाले मेरो एउटा सानो वर्कशप राखें । मैले एउटा घर पनि किनें । छोरा पनि मेकानिकल ईन्जिनियर छ । वर्कशपलाई अगाडी बढ़ाऊँदै उसले एउटा सानो कम्पनी बनायो ।”
मैले चकित हुँदै सोधें, “बुवा, त्यसोभए तपाई यहाँ यस हालमा किन नि ?”
बूढा: “म …?
म भाग्यको सिकार हुँ …. ”
“छोराले उसको व्यवसाय विस्तार गर्ने भनेर कम्पनी र घर दुबै बेच्यो । छोराको प्रगति होला भन्ने सोचेर मैले पनि केही भनेन । सबै बेचेर उ आफ्नी बूढी र बच्चाहरुसँग जापान गईहाल्यो र हामी दुई बूढा बूढी यता !”
यो भन्दै बूढा हाँस्न थाले । हाँसो यति अनुकम्पापूर्ण पनि हुन सक्छ, मैले यो पहिलो पटक अनुभव गरें ।
मैले फेरी भनें : “तर बुवा, तपाईंसँग त यति कौशल छ कि जहाँ पनि लात हानेर पानी निकाल्न सक्नुहुन्छ ।”
बुढाले आफ्नो काटिएको खुट्टा तिर हेर्दै भने: “लात ? म कहाँ र कसरी मार्न सक्छु, मलाई भन?”
उहाँको कुरा सुनेपछि म पनि लज्जित भएँ । मलाई आफैमा धेरै नराम्रो लाग्यो ।
प्रत्यक्षतः मैले भनें: “I mean बुवा, आज पनि तपाईलाई कसैले पनि जागरी दिन सक्छ, किनभने तपाईसँग तपाईको क्षेत्रमा धेरै वर्षको अनुभव छ ।”
बूढा: “Yes doctor, र त्यसैले म एउटा वर्कशपमा काम गर्छु । ८ हज़ार रुपैयाँ तलब पाउँछु ।”
मैले केहि बुझ्न सकिन ।
मैले भने: “त्यसोभए तपाई यहाँ कसरी त?”
बूढा: “छोराले छोडेर गएपछि मैले एउटा सानो बस्तीमा टिन छप्पर भएको एउटा कोठा भाडामा लिएको छु । त्यहाँ म र मेरी श्रीमती बस्छौं। उसलाई पक्षाघात (Paralysis)भएको छ, उठ्न पनि सक्दिन ।”
“म बिहान १० बजे देखि बेलुका ५ बजे सम्म वर्कशपमा काम गर्छु, त्यसपछि ५ बजे देखि ७ बजे सम्म यहाँ आएर भीख माग्ने गर्छु अनि त्यसपछि घर गएर तीनै जनाको लागि खाना पकाउँछु ।”
छक्क पर्दै मैले सोधें: “तिनै जना ? बुवा, तपाईंले भर्खरै भनेको हैन कि तपाईं दुई बूढा बूढी मात्र घरमा छौं भनेर, फेरी तीनजनाका लागि खाना पकाउनु ?”
बूढा: “मेरी आमा मेरो बाल्यकालमा नै बिती सक्नु भएको थियो । मेरो एउटा सच्चा मित्र थियो, नरेश । उसकी आमाले मलाई आफ्नो छोरा झैं हुर्काउनुभयो । दुई वर्षअघि नरेशको पनि हृदयघातको कारण मृत्यु भईहाल्यो । मैले उसकी ९२ वर्षीया आमालाई मसँग घरमा ल्याएँ तबदेखि उहाँ पनि हामीसँगै बस्नुहुन्छ ।”
म चुपचाप थिएँ । यी बुवाको आफ्नै अवस्था पनि खराब छ । पत्नी विकलांग छ । आफ्नो एउटा खुट्टा छैन, आफ्नो घर पनि छैन, आफ्नो भन्नु जे जति थियो छोराले बेचेर गईसक्यो र यी आज पनि आफ्नी साथीकी आमाको हेरचाह गरिरहेका छन । कस्ता मानव हुन् यिनी ?
केहि समय पछि मैले सामान्य स्वरमा सोधें: “बुवा, छोराले तपाईलाई यसरी बाटोमा ल्यायर ठेस खान छोडिदियो । के तपाई उसमाथि रिसाउनु हुन्न र ?”
बूढा: ” No no डॉक्टर ! यो सब उसैको लागि त कमाईएको थियो, सब उसैको थियो, लगेर गयो । उसको कहाँ गल्ती छ र ?”
“तर बुवा” — मैले भनेँ “यसरी सबै लैजानु के उचित हो र ? यो त लुटेको भएन र भन्या । अब तपाईले यहाँ भीख माग्नुको कारण पनि मैले बूझें । तपाईको ८ हज़ार रुपैयाँको तलबमा तपाईहरु तीनजनाको गुजर बसर हुन सक्दैन, त्यसैले तपाईं यहाँ आउनुहुन्छ ।”
बूढा: “No, you are wrong doctor. म सबै कुरा ८ हज़ार रुपैयाँमा म्यानेज गर्छु । तर मेरो साथीकी आमा, उनीलाई मधुमेह र रक्तचाप दुबै छ । दुबै औषधी उनको लागि चलिरहेको छ । ८ हज़ार रूपएमा मात्र उहाँको औषधी म्यानेज गर्न सकिदैन ।”
“म यहाँ २ घण्टा सम्म बस्छु तर भीख माग्नु बाहेक अरु केही पनि स्वीकार्दिन । मेडिकल स्टोर वाला साहूले मलाई महिना भरीको औषधिहरु उधारो दिन्छन् र जे पनि पैसा यहाँ २ घण्टामा आउँछ, म दैनिक मेडिकल स्टोरलाई बुझाऊँछु ।”
मैले आश्चर्यपूर्वक उनलाई हेरी रहेको थिएँ र सोच्दै थिएँ, बुवाको आफ्नै छोराले उनीहरूलाई छोडेर गैसक्यो र यिनी आफैंले अरूको आमाको हेरचाह गरिरहेका छन् । हे दैब, तपाईको लीला पनि……!!
मैले निकै कोसिस गरें तर मेरो आँखा भरिनदेखि रोक्न सकेन।
भरिएको गलासँगै मैले फेरि भनेँ: “बुवा, तपाईं यहाँ अरु कसैको आमाको लागि भीख माग्न आउनुहुन्छ ?”
बूढा: “अरु कसैको आमा ? होइन डॉक्टर, उहाँलाई मेरी आमा भने पनि हुन्छ । उहाँले मेरो बाल्यकालमा मेरो लागि धेरै गर्नुभयो । अब मेरो पालो आएको छ । मैले उनीहरूलाई भनेको छु कि बेलुका ५ बजे देखि ७ बजे सम्म मैले अर्को जागिर पाएँ ।”
मैले मुस्कुराऊँदै भनें : “तर तपाई बेलुका ५ बजे देखि ७ बजे सम्म यहाँ भीख माग्ने काम गर्नु हुन्छ भन्ने यदि उनीहरूलाई थाहा भयो भने ?”
बूढा: “कसरी थाहा हुन्छ ? दुबै ओछ्यानमा छन् । मेरो सहयोगबिना तिनीहरू आफै उठन पनि सक्दैनन् । कहाँ आऊँछन् र यहाँ पत्ता लगाउन …. हा …. हा … हा ….”
हाँसो त मलाई पनि लाग्यो उहाँको कुरामा तर मैले उहाँ बाट लुकाऊँदै भनें: “बुवा, यदि मैले तपाईको आमालाई आफ्नो तर्फबाट नियमित औषधी दियें भने ठीक होला नि, तपाईले भीख माग्नु पर्दैन।”
बूढा: ” No doctor, तपाई भिखारीहरुको लागि काम गर्नुहुन्छ । यदि तपाईले आमालाई औषधि दिनु भयो भने आमा पनि त भिखारी नै भईन् । म अझै सक्षम छु डाक्टर, छोरो हुँ म उनको । कसैले मलाई भिखारी भन्छ भने ठीक छ तर, मेरी आमालाई कसैले भिखारी भनेको मलाई मन पर्ने छैन ।”
“OK Doctor, अब म जान्छु । घर पुगेर मैले खाना पनि पकाउनु पर्छ ।”
मैले अनुरोधको रूपमा बाबाको हात आफ्नो हातमा लिएँ र भनें : “बुवा, भिखारीको डाक्टरको रूपमा होइन तर मलाई तपाईको आफ्नै छोरा सम्झेर मेरो हजुरआमाको लागि औषधी लिनुहोस् ।”
उहाँले मेरो हात छोड्दै भन्नुभयो : “डाक्टर, अब मलाई यो सम्बन्धमा नबांध्नुहोस्, please, एउटाले पहिले नै छोड़ीसकेको छ हामीलाई ……………..।”
“आज मलाई सपना देखाउँदै, भोली तपाईंले पनि छोड्नुभयो भने ? अब सहन गर्ने शक्ति छैन मसँग ….”
यो भन्दै, उहाँले आफ्नो बैसाखी सम्भाल्नुभयो र जाँदा जाँदै आफ्नो एक हात मेरो टाउकोमा राखेर, ममतामयी स्वरमा भन्नुभयो: “आफ्नो ख्याल राख्नु मेरो बाबू………”
मैले प्रस्तुत गरेको सम्बन्धलाई उनले शब्दमा अस्वीकार गरेता पनि, मेरो टाउकोमा राखेको उनको हातको न्यानो स्पर्शले मलाई बोध गराई सकेको थियो कि उनले यस सम्बन्धलाई आफ्नो मनले स्वीकार गरी सकेका थिए ।
“पागल” भनिने ती मानिस फर्कने बित्तिकै मेरा हातहरू स्वचालित रूपमा अभिवादनको मुद्रामा उहाँको सम्मानमा आफै जोड़ी सकेका थिए ।
धेरै व्यक्तिहरू छन् जो हामी भन्दा बढी दु:खी र बढी प्रतिकूल अवस्थामा बाँचिरहेका छन् ।
हुन सक्छ यिनीहरुलाई देखेर हामीलाई हाम्रा दुःखहरु कम र साना देखिन सक्छन, र संसारलाई हेर्ने हाम्रो दृष्टिकोण पनि बदलिन सक्छ ……
त्यसैले सधैं राम्रो सोचौं, परिस्थितिको सामना गरौं …।