नेपाली भूमि मिचेको भन्दै काठमाडौँमा चीनविरुद्ध प्रदर्शन भएको छ ।
स्वतन्त्र युवाको समूहले आज बिहान माइतीघरमा चीन विरोधी प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा उत्रिएका युवाले प्लाकार्डमा ‘गो ब्याक चाइना’, ‘नेपाली भूमि मिच्न पाइँदैन’, ‘चिनियाँ विस्तारवाद मूर्दावाद’सहितका नारा लेखेर प्रदर्शन गरेका थिए ।
स्वतन्त्र नागरिक समूहको नाममा ‘प्लाकार्ड’ बोकेका उनीहरुले नेपालको भूभाग हडपेको आरोप लगाउँदै फिर्ता गर्न माग गरेका छन् ।
प्रदर्शनमा उत्रिएका युवाहरूले नेपालको उत्तरी सीमा क्षेत्रमा चीनले आफ्नो रवैया देखाएको आरोप लगाउँदै मिचिएको नेपाली भूमि तत्काल फिर्ता गर्नुपर्ने माग गरेका छन् ।