१३ महिनाकी बालिका सियोना श्रेष्ठको उपचारका लागि नेपाली सेलिब्रेटीहरुले पनि आफ्नो तर्फबाट सकेको आर्थिक सहयोग गरिरहेका छन् ।
विश्वमा छरिएर रहेका नेपालिहरुले दिल खोलेर आर्थिक सहयोग गरिरहेको अवस्थामा पछिल्लो समयकी चर्चित गायिका रचना रिमालले पनि सियोनाको जीवन रक्षाको कामना गर्दै आर्थिक रकम सहयोग गरेकी छन् ।
उनले आफ्नो ब्यक्तिगत तर्फबाट २० हजार सहयोग गरेको डिथ्री अनलाइनलाई बताईन् ।