भारतको नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी)ले हास्य कलाकार भारती सिंहको घरमा छापा मारेको छ।
भारतीय समाचार संस्था एएनआईका अनुसार एनसिबीले शनिबार बिहान उनको मुम्बईस्थित घरमा छापा मारेको हो।
उनको घरबाट केही मात्रामा औषधि पनि बरामद गरेको इन्डिया टुडेले स्रोतलाई उदृत गर्दै समाचार लेखेको छ। यद्यपि ती लागुऔषध हुन् वा होइन भन्ने पुष्टि नभएको टुडेले जनाएको छ।
बलिउडका अभिनेता सुशान्त सिंह राजपुतको आ त्मह त्या पछि फिल्मी क्षेत्रमा लागू औषध प्रयोग हुने गरेको कुरा बाहिर आएका थिए।
Narcotics Control Bureau conducts a raid at the residence of comedian Bharti Singh in Mumbai: NCB#Maharashtra
— ANI (@ANI) November 21, 2020
यही मुद्दामा एनसिबीले यसअघि कलाकार अर्जुन रामपाल र फिल्म निर्माता फिरोज नाडियावालको घरमा पनि छापा मारेको थियो।
लागू औषध दुरूपयोग गरेको आरोपमा राजपुतकी पूर्व प्रेमिका रिया चक्रवर्तिलाई एनसिबीले सेप्तेम्बर ९ मा पक्राउ समेत गरेको थियो।
झन्डै एक महिना हिरासतमा बसेपछि उनलाई जमानतमा छोडेको थियो।