एजेन्सी । सामाजिक संजालमा कतिखेर के र को भाइरल बन्छ थाहा हुन्न । सत्य कुरा भाइरल हुँदा त राम्रै हो तर गलत खबर फैलिदा भने सो खबरसँग सम्बन्धितले हैरानी बेहोर्छन् । यस्तै एउटा हल्ला केहि समय अघि फैलिएको थियो । यो हल्लाको सिकार भए तमिल सुपरस्टार विजय ।ट्वीटरमा उनी मरेको भन्दै ह्याट्याग रिप एक्टर विजयु ट्वीटहरू भए । सुरूमा यसबाट धेरै झुक्किए तर पछि थाहा भयो खबर त झुट रहेछ ।
There was an asteroid that missed hitting our planet a few days ago, irregular monsoons hitting different cities, droughts in many parts of our country and very disturbing criminal cases being spoken, but the young generation of our lovey state manage to trend this #RIPactorVIJAY
— Ashwin ?? (@ashwinravi99) July 29, 2019
त्यसपछि विजयका फ्यानहरू आक्रोषित भए र सो प्रति उनीहरूले आफ्नो असन्टुष्टि र रोष प्रकट गरे । उनीहरूले यसको खुलेर ट्वीटरमा प्रतिकार गरे । यो खबर खासमा विजयलाई मननपराउनेहरूले चलाएका रहेछन् ।
यस हल्लाबाट दुःखी विजयका एक फ्यानहरूले विजय सहि र फिट रहेको ट्वीट गरेका छन् । सो ह्यासट्याग करिब ५० हजार बढि पटक ट्वीट भएको थियो । यसबाट निराश भएकाहरूले सो ह्यासट्याग हटाउनु पर्ने माग समेत गरेका थिए । यस हल्लाले ट्वीटर केहि समय गर्माए पनि हाल सो शान्त भएको छ ।