२०७७ साल कार्तिक शुक्लपक्ष मंसिर ५ गते शुक्रवार षष्ठी तिथि उत्तरषाढा नक्षत्र चन्द्रमा मकर राशिमा ।
मेष राशि : आजको दिन बिर्सने बानिले गर्दा धेरैलाई सताउने देखिन्छ । कामहरु सजिलै सम्पन्न हुनेछन् । आय–आर्जनमा राम्रै प्रगति हुनेछ । शत्रुपक्षको डर रहन सक्ने देखिन्छ । सबैबाट सहयोग प्राप्त भएसँगै काममा जोश जाँगर बढ्नेछ । उठ्न बाँकी पैसा उठ्नेछ । पुराना साथीसंग भेट हुने अवसर मिल्नेछ ।
बृष राशि : लामो समयदेखि सामना गर्नुपरेका समस्याहरु समाधान हुनेछन् । मायामा खटपट हुन सक्छ । नयाँ ठाउँको यात्रा हुनेछ । स्वास्थ्यका बारेमा चनाखो रहनु होला । परिवारमा सामान्य मनमुटाव हुन सक्छ । खर्च धेरै हुने देखिएको छ ।
मिथुन राशि : कर्मथलोमा नयाँपनको आभाष हुनेछ तर केहीमा मात्रामा अल्छिपन भने बढ्ने देखिन्छ। प्रेम प्रसंग रमाईलो रहनेछ । व्यापार व्यवसायमा राम्रो समय छ । कामहरु बिस्तारै बन्दै जानेछन् । वाद विवाद गर्नबाट जोग्गिनु होला । धुमफिरमा रमाउन पाइनेछ । कला क्षेत्रमा सफलता पाइनेछ । नयाँ कामको योजना बन्नेछ ।
कर्कट राशि : धन आर्जन गर्ने नयाँ उपायहरु दिमागमा खेल्नेछन् । केही कुरामा अपजश पाइएला सावधान रहनु होला । शरीरमा अल्छीपन बढ्नेछ । घर बाहिरको काममा ब्यस्त रहनुपर्ला । जग्गा जमिन सम्बन्धी कामहरु अगाडी बढ्नेछन । सञ्चार क्षेत्रको काममा फाइदाजनक समय छ । सवारी साधन अनि हात ह तियारसंग भने सावधानी अपनाउनु पर्नेछ ।
सिंह राशि : आनन्दपूर्ण समय रहनेछ । पारिवारिक माहोल जम्नेछ । कामहरु फटाफट बन्नेछन् । आय–आर्जन राम्रै हुनेछ । सहयोग पाइने छ । स्वास्थ्यमा बाधा देखिएला । पठन–पाठनमा बिशेष मन जानेछ । प्रेम सम्बन्ध बलियो रहला । नयाँ कामको योग छ ।
कन्या राशि : न शालु पदार्थबाट भने जोग्गिनु होला । अरुको सहयोगमा समय खर्चनु पर्ला । साताको अन्त्यमा काम सम्पन्न हुने योग छ । परिवारमा सुखको अनुभव हुनेछ । रमाइलो यात्रामा रम्न पाइनेछ । पराक्रम बढ्नेछ । आर्थिक समस्या समाधान होला । कुरा काट्ने देखि सजग रहुनु होला ।
तुला राशि : पठन–पाठनमा मन जानेछ । प्रेम प्रसंगमा प्रगति हुनेछ ।आत्मविश्वास बढ्ने देखिन्छ । शैक्षिक क्षेत्रमा समय राम्रो छ । साँगितिक कार्यक्रममा सहभागी बन्नु पर्ला । नयाँ कुराको निर्णय लिँदा सावधान रहनुहोला । मीठा खानेकुराहरु प्राप्त हुनेछन् ।
बृश्चिक राशि : शुभ समाचार सुन्न पाइनेछ । अपत्यारिला कामहरु बन्नेछन् । नयाँ मित्र सँग परिचय हुनेछ । समस्याहरु आफैं टाढा भाग्दै जानेछन । कुभलो चिताउनेलाई आफ्नो बनाउन सकिनेछ । नयाँ कामको लागि बढी मिहिनेत गर्नु पर्ला । ठुला व्यक्तिहरुसंग चिनजान हुनेछ ।
धनु राशि : प्रगतिको महसुसहुनेछ छ । स्वास्थ्यका कुरामा सावधान रहनु होला । मायालुसंग भेटघाट र रमाइला कुरा हुनेछन् । अभिभावकजनको सहयोग पाइनेछ । बौद्धिक क्षमताको कदर हुनेछ । नयाँ काम सुरु गर्न राम्रो समय छ । घर परिवारमा सामान्य विवाद उत्पन्न होला ।
मकर राशि : आफन्त मिलनको योग छ । कलासँग सम्बन्धित काममा मन जानेछ । व्यवहारिक समस्याहरु हराएर जालान् । पाहुनाको स्वागत गर्न पाइनेछ । प्राविधिक कुराको ज्ञान बढ्नेछ । व्यापारमा राम्रो समय छ । नसोचेको ठाउँबाट अचानक धन प्राप्त हुने योग छ ।
कुम्भ राशि : बुद्धि बढ्नेछ । प्रेममा रमाइने छ । काममा बाधाहरु आउने देखिन्छ । आर्थिक लाभ पनि हुनेछ । पढाइ लेखाइतिर चासो कम हुने देखिन्छ । छोटो दुरीको यात्रा हुनेछ । इष्टमित्रबाट आवश्यक सहयोग मिल्नेछ । अरुको सरसहयोगमा समय खर्चनु पर्ला ।