नेपालमा वितेको २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट १७ जनाले ज्यान गुमाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार अपरान्ह सार्वजनिक गरेको तथ्यांक अनुसार नयाँ संक्रमितको संख्या २ हजार १०३ रहेको छ भने सोही अवधिमा २ हजार ८५८ जना कोरोनामुक्त भएका छन् ।
देशभर रहेका ७६ प्रयोगशालामा ९ हजार ८०५ जनाको नमूना परिक्षण गर्दा १ हजार २३९ पुरुष र ८६४ महिला गरी कूल २ हजार १०३ जनामा संक्रमण पाइएको हो ।
अहिलेसम्म कोरोनाबाट कूल संक्रमित हुनेको संख्या २ लाख १५ हजार २० पुगेको छ जसमध्ये १ लाख ८५ हजार ६३८ जना संक्रमणमुक्त भएका छन् भने १ हजार २७६ जनाले ज्यान गुमाएका छन् ।
मन्त्रालयले अहिलेसम्म १६ लाख ३३ हजार ५५९ जनाको परिक्षण गरिएको बताएको छ ।
सक्रिय संक्रमितको संख्या दिनानुदिन घट्दै गइरहेको छ । आज देशभर सक्रिय संक्रमितको संख्या २८ हजार १०६ रहेको पनि मन्त्रालयले बताएको छ ।