भक्तपुर प्रहरीले निकिशा श्रेष्ठमाथि दुर्व्यवहार गरेको भिडियो टिकटकमा अपलोड गर्ने युवकलाई पक्राउ गरेको छ । भक्तपुर नगरपालिका–२ टौमढीबाट १८ वर्षीय विशेष जोशी पक्राउ परेका हुन् ।
भक्तपुर प्रहरीका अनुसार टिकटकमा भिडियो अपलोड गरेको आरोपमा जोशीलाई नेपाल प्रहरीको साइबर ब्यूरोको समन्वयमा पक्राउ गरिएको हो ।
सार्वजनिक भएको भिडियोमा श्रेष्ठलाई मोटरसाइकलमा रहेको समूहले अपमानजनक शब्द प्रयोग गरी निकिशामाथि दुर्व्यवहार गरिएको देखिन्छ । प्रहरी प्रधान कार्यालयले बुधबार साइबर ब्युरोलाई श्रेष्ठमाथि भएको दुर्व्यवहारबारे छानबिन र कारबाही गर्न निर्देशन दिएको थियो ।
भिडियोमा श्रेष्ठलाई लक्षित गरी अपमानजनक शब्द प्रयोग गरी दुर्व्यवहार गरिएको देखिन्छ। आफूलाई दुर्व्यवहार भएपछि श्रेष्ठले सो समूहलाई लखेट्न खोजेको देखिन्छ।
श्रेष्ठलाई मोटरसाइकलमा रहेको समूहले दुर्व्यवहार गरेको देखिन्छ। पहिले निकेश नाम भएकी निकिशा अहिले आफूलाई केटी भनेर चिनाउन चाहन्छन्।
प्रहरीका अनुसार भिडियो खिच्ने अन्य दुईजना फरार रहेको र खोजीकार्य जारी छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सामाजिक सञ्जाल युट्युब र फेसबुकमा निकिशाका विभिन्न भिडियोहरु भाइरल छन् ।