नेपाली बजारमा बिहीबारको दिन सुनको मुल्य अघिल्लो दिनको तुलनामा गिरावट आएको छ ।
बुधबार ९५ हजार १ सयमा कारोबार भएको सुनको मुल्य आज तोलामा ७ सय रुपैंयाले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन तोलाको ९४ हजार ४ सय तेजावी सुन तोलाीको ९३ हजार ९ सय मा कारोबार भैरहेको छ । बुधबार तेजावी सुनको मुल्य तोलाको ९४ हजार ६ सय मा कारोबार भएको थियो ।
सुनको मुल्यमा गिरावट आउँदा चाँदीको मुल्य पनि केही मात्रामा घटेको छ । हिजोको तुलनामा चाँदीको मुल्य तोलामा १५ रुपैंया घटेर १ हजार २१५ मा कारोबार भैरहेको महासङ्घले जनाएको छ ।