सरकारले कोरोना संक्रमणका बिरामीको निशुल्क उपचार नगर्ने अस्पताललाई कारवाही गर्ने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै विभिन्न गुनासो आइरहेकोतर्फ ध्यानाकर्षण भएको जनाएको छ।
सरकारको आदेश अनुसार उपचार नगर्ने अस्पताललाई कारवाहीको दायरमा ल्याइने मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।.
डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड उपचारका लागि सूचिकृत अस्पतालाहरुलाई कोभिड १९ का लक्षण वा चिन्ह देखिएका व्यक्तिहरुको परीक्षण र उपचार नि:शुल्क गर्ने भनी परिपत्र जारी गरेपनि केही अस्पतालहरुले सो अनुसार नगरेको भनी जनगुनासो आइरहेको हुनाले सम्वन्धित सबै अस्पतालहरुमा यसै अनुसार नि:शुल्क उपचार गर्नु गराउनु हुन निर्देशन दिइएको छ ।