नेपालीहरुको दोस्रो ठूलो चाड तिहार सकिएसँगै सुनचाँदीको मूल्य निर्धारण हुन थालेको छ ।
कात्तिक २८ गतेदेखि रोकिएको सुनचाँदीको मुल्य निर्धारण आज मंसिर ३ गतेबाट सुरु भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बजारमा छापावाल सुन तोलाको ९५ हजार १ सय मा र तेजावी सुन ९४ हजार ६ सयमा कारोबार भैरहेको छ ।
कात्तिक २८ गते छापावाल सुन ९५ हजार २ सय र तेजावी सुन ९४ हजार ७ सय मा कारोबार भएको थियो ।
अघिल्लो चोटी निर्धारण भएको सुनको मुल्य आज तोलामा १ सय ले घटेको हो ।
सुनको मुल्य घट्दा चाँदीको मुल्य भने सामान्य रुपले बढेको छ । कात्तिक २८ गते तोलाको १ हजार २२० मा कारोबार भएको चाँदीको मुल्य आज तोलामा १० रुपैंया बढेर १ हजार २३० मा कारोबार भैरहेको महासङ्घले जनाएको छ ।