२०७७ साल कार्तिक शुक्लपक्ष मंसिर ३ गते बुधवार चतुर्थी तिथि मूल नक्षत्र चन्द्रमा धनु राशिमा ।
मेष राशि : साझेदारी काम वाट राम्रो उपलव्धी हुनेछ तथा नयाँ कामको अवसर प्राप्त हुन सक्छ । दाम्पत्य जीवनको पूर्ण सुख आनन्द प्राप्त हुनेछ तथा व्यवसायवाट लाभ हुने देखिन्छ ।
वृष राशि : शत्रु वृद्धि हुनुका साथै गरेको काममा समस्या देखापर्ने छ । स्वास्थ्यमा पनि केही समस्या देखिन सक्नेछ, सामान्य कोसिसमा पनि ऋण वाट छुटकारा भने पाउन सकिन्छ ।
मिथुन राशि : सन्तान सुख पाउने योग छ । तपाईको वुद्धिको प्रशंसा राम्रो हुनेछ । नयाँ ठाउँमा रोजगारी मिल्नुका साथै गरेको काममा सफलता हातपर्ने छ । पैसा सापटी दिनबाट भने जोगिनुहोला ।
कर्कट राशि : घर परिवारमा कुरा नमिल्ने कारणले गदौ मन दुःखीत हुनेछ । आमाको स्वस्थ्यमा भने सामान्य समस्या देखा पर्ने छ । अचल सम्पत्तीबाट सुख प्राप्त गर्न सकिनेछ ।
सिंह राशि : पराक्रम बढ्नुका साथै आफूले सम्पन्न गरेको काममा ठूलो सफलता हात पर्नेछ । दाजुभाइ सँगको सम्वन्ध राम्रो भएर जानेछ । लगानी गरेको ठाउँवाट सोचेभन्दा बढी सफलना हात पर्नेछ ।
कन्या राशि : बोलीमा संयम्ता अपनाउनु होला अन्यथा झ गडा पर्नुका साथै काममा ठूलो घाटा लाग्नसक्छ । धन आगमन भने हुनेछ तथा कुटुम्वसँगको सम्वन्ध राम्रो भएर जानेछ ।
तुला राशि : आफ्नो छाप अरुप्रति छोड्न सकिने छ तथा व्यक्तिवको प्रभाव वढ्ने छ । मान सम्मानमा वृद्धि हुनेछ । लगानी गर्ने अवसर प्राप्त हुन सक्नेछ । व्यवसायमा प्रगतिको समय छ ।
वृश्चिक राशि : काम गर्नु पूर्व धेरै विचार गर्नुहोला अन्यथा फस्न पनि सकिनेछ । अपजस पाउने समय छ तथा गरको काममा असफलता हात पर्ने छ त्यसैले धेरै विचार गरेर मात्रै कुनै निर्णय लिनु उचित हुनेछ ।
धनु राशि : व्यापार व्यवसाय बाट धेरै ठूलो सफलता हात पर्नुका साथै फसेको पैसा प्राप्त हुनेछ । साझेदारी लगानीबाट गरेको काममा ठूलो सफलता प्राप्तहुने देखिन्छ । नयाँ काममा बाधा हुनेछ ।
मकर राशि : नयाँ रोजगार पाउने समयका साथै नयाँ व्यपार व्यवसाय सुरु गर्ने समय देखिन्छ । धनमा भने अरुलाइ झट्ट विश्वास नगर्नुहोला अन्यथा फस्न सकिन्छ । कृषि क्षेत्रवाट लाभ मिल्नेछ ।
कुम्भ राशि : भाग्यमानी हुने समय छ । भाग्यमा रोकिएको धन प्राप्त हुनेछ । पिताजीसँगको सम्वन्ध राम्रो भएर जानुका साथै रोकिएको धन तपाइको हात लाग्नेछ । रिसाएका व्यक्ति तपाइको पक्षमा आउने छन् ।
मीन राशि : चोट पटकको सम्भावना छ त्यसैले अलिक बढी होसियार हुनुहोला । स्वास्थ्यमा अन्य सामान्य समस्या पनि देखिन सक्नेछन् । आउँदै गरेको धन शत्रुको कारण समस्यामा पर्ने छ । अरु क्षेत्रमा भने लाभको समय छ ।