विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १३ लाख २० हजार नाघेको छ ।
आइतबार बेलुकासम्मको तथ्यांकअनुसार यस भाइरसबाट मृत्युहुने विश्वका नागरिकको संख्या १३ लाख २० हजार ९१५ पुगेको छ ।
साथै यस भाइरसबाट अहिलेसम्म ५ करोड ४५ लाख ५ हजार ३६१ जना संक्रमित भएको वर्लडमिटर डटइन्फोले जनाएको छ ।
यो भाइरसबाट सबैभन्दा बढी संक्रमित हुने व्यक्ति अमेरिकामा छन् । अमेरिकामा मात्र १ करोड १२ लाख ३५ हजार भन्दा बढी संक्रमित भएका छन भने २ लाख ५१ हजार २८५ जनाले अहिलेसम्म ज्यान गुमाइसकका छन् ।
अमेरिकापछि सबैभन्दा धेरै व्यक्ति संक्रमित भएको देश भारत हो । भारतमा संक्रमितको संख्या ८८ लाख ३४ हजार भन्दा छ भने ज्यान गुमाउनेको संख्या १ लाख २९ हजार ९१४ पुगेको छ ।
ब्राजिलमा भारतपछि धेरै संक्रमित पुगेका छन् । यहाँ करिब ५८ लाख संक्रमित भएका छन् भने ज्यान गुमाउनेको संख्या भारतको भन्दा बढी छ ।
आइतबार बेलुकासम्मको तथ्यांकअनुसार ब्राजिलमा कोरोना भाइरसको संक्रमणबाट १ लाख ६५ हजार ६७७ जनाको मृत्यु भएको छ ।
उता यूरोपेली मुलुकहरुमा फ्रान्स, रुस, स्पेन, बेलायतमा संक्रमित संख्या पछिल्लो समयमा बढेको जनाइएको छ । यसैले ती देशमा पछिल्ला समयमा कडा प्रतिबन्धहरु लगाइएको छ ।